दाङ, भदौ १९ नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष डण्डु शेर्पाले आदिवासी जनजातिका नाममा छुट्टाईएका बजेट अन्य शिर्षकमा खर्च गरे राज्य बिरुद्ध सशक्त आन्दोलन गर्ने बताएकाछन । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् दाङको आयोजनामा बुधवार घोराहीमा भएको ‘जलवायु परिवर्तन, रेड प्लस र आदिवासी जनजाति सारोकार विषयक अन्तर्क्रियामा बोल्दै उपाध्यक्ष शेर्पाले आदिवासी जनजातिको क्षमता विकासका लागि भनेर राज्यले छुट्टाएको बजेट कुनैपनि नाममा कुनैपनि शिर्षकमा खर्च गर्न नदिईने बताउँदैथिए ।
कार्यक्रमका प्रमुख अतिथि शेर्पाले आदिवासी जनजाति हरेक गतिबिधिमा सचेत रहनुपर्ने बताउँदै आदिवासी जनजातिको क्षेत्रमा काम गर्ने भनेर स्थापना भएका गैर सरकारी संस्थाहरुको गतिबिधिमा समेत सचेतनिगरानी
गर्नुपर्ने बताए । नेपाल आदिवासी जनजाति महासंघ दाङका अध्यक्ष तिलबहादुर पुनमगरको अध्यक्षता तथा जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद लुईटेलको बिशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
नेपाल आदिवासी जनजाति महासंघ, जलवायु परिवर्तन र रेड साझेदारी कार्यक्रमको सहयोगमा भएको कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष डण्डु शेर्पा, सहजकर्ताहरु दलबहादुर घर्तीमगर र पहलसिँह घर्तीमगरले जलवायु परिवर्तन, रेड प्लस, आदिवासी जनजाति सरोकार, स्वतन्त्र, अग्रिम जानकारी सहितको सहमति (एफपिक) लगायतका थुर्पै विषयमा सहभागिहरुलाई प्रशिक्षण दिएकाथिए । त्यस अवसरमा सहजकर्ता पहलसिंह घर्तीमगर, जिल्ला विकास समिति दाङका उर्जा तथा बातावरण अधिकृत दिपेशकुमार ठाकुर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) दाङका अध्यक्ष देविका घर्तीमगर, सहभागिहरु मंगला चौधरी, बमबहादुर बुढामगरलगायतले मन्तव्य दिएकाथिए । कार्यक्रमको सहजिकरण अमर चौधरीले गरेकाथिए ।
देविका घर्ती मगर
