तिम्ल्याहा जन्माउनेलाई १० हजार

Read Time:2 Minute, 12 Second

पोखरा, १७ भदौ

 मणिपाल शिक्षण अस्पतालमा एकैपटक तिम्ल्याहा छोरा जन्माएकी स्याङजा वालिङकी सुनिता बिकको परिवारलाई स्याङजाली सम्पर्क सदनले १० हजार रुपैयाँ सहयोग गरेको छ । आर्थिक अभावमा सघन उपचारकक्ष (आईसियु) मा राखेर उपचार गर्नुपर्ने शिशुहरुलाई अघिल्लो साता उपचारै नगरि घर फर्काइएपछि बालकको उपचारका आर्थिक लागि सहयोग गरिएको हो । सहयोग रकम सोमबार सुनिताका पति बाबुरामलाई हस्तान्तरण गरिएको छ ।

विकले सातमहिने अवधिका तीनवटा छोरा जन्माएकी थिईन । परिपक्व नहुँदै जन्मिएका तीनवटै शिशुलाई चिकित्सकले तत्कालै आईसियुमा राखेर उपचार गर्न बिक दम्पतिलाई सुझाएपनि पैसा नहुँदा उपचारै नगरि घर लगेका थिए । समयमै उपचार नपाउँदा तीनमध्ये एक शिशुको त्यसैदिन ज्यान गएको थियो । चिकित्सकले शिशुहरुलाई कम्तिमा एक महिनासम्म आईसियुमा राख्नुपर्ने बताएका थिए । सदनका कोषाध्यक्ष ईश्वरी ढकाल र सल्लाहकार दीलबहादुर क्षेत्रीले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका थिए ।

आर्थिक अवस्था कमजोर हुँदा उपचार गराउन नसकेको भन्ने बारेमा विभिन्न संचारमाध्यममा समाचार आएपछि सदनले सहयोग जुटाउने निर्णय गरेको सदस्य डिआर पोखरेलले जानकारी दिए ।  सहयोग रकमले आफुलाई ठुलो राहत मिलेको विकले बताए । ‘छोराहरुलाई आईसियुमा राख्न त सकिन नै सुत्केरी पत्निलाई पोषिलो खुवाउन पनि पाएको थिएन । यो रकम त्यसमै खर्चनेछु’ विकले भने, ‘यसले मलाई ठुलो राहत मिलेको छ ।’ विक दम्पनिका यसअघि तीनवटा बच्चा जन्मिसकेका छन् ।

सविता मगर,पोखरा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %