छैठौं गैरआवासीय नेपाली बिश्व सम्मेलनलाई सफलता पुर्वक सम्पन्न गर्न भदौ १० मा बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्रमन्त्री माधब घिमिरेको अध्यक्षतामा ३० सदस्यीय छैटौं गैरआवासीय नेपाली बिश्व सम्मेलन आयोजक उच्चस्तरीय समिति गठन गरेको छ। गैरआवासीय नेपाली संघका अध्यक्ष समितिको सदस्य र संघका कार्यकारी निर्देशक सदस्य सचिव रहेकाछन । विश्व सम्मेलन सन २००३ देखि नेपाल सरकार, नेपाल उधोग बाणिज्य महासंघ र गैरआवासीय नेपाली संघले संयुक्त रुपमा हरेक दुई वर्षमा काठामाण्डौमा आयोजना गर्दे आएको छ। यस पटकको विश्व सम्मेलन अक्टोवर २१ र २२ मा हुदैछ भने विश्व सम्मेलन भन्दा पहिले अक्टोवर १९ र २० मा गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय महाधिवेशन सम्पन्न हुनेछ, जसले नयाँ नेतृत्व चयन गर्नेछ।
३० सदस्यीय छैठौं गैरआवासीय नेपाली बिश्व सम्मेलन आयोजक उच्चस्तरीय समिति यस प्रकार छ :
१ परराष्ट्र मन्त्री अध्यक्ष
२ सदस्य, राष्ट्रिय योजना आयोग सदस्य
३ सचिव, अर्थ मन्त्रालय सदस्य
४ सचिव, उद्योग मन्त्रालय सदस्य
५ सचिव, उर्जा मन्त्रालय सस्य
६। सचिव, कानून, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालय सदस्य
७। सचिव, गृह मन्त्रालय सदस्य
८। सचिव, परराष्ट्र मन्त्रालय सदस्य
९। सचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सदस्य
१०। सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सदस्य
११। सचिव, भूमिसुधार तथा व्यवस्था मन्त्रालय सदस्
१२। सचिव, वाणिज्य तथा आपूर्ति मन्त्रालय सदस्य
१३। सचिव, शिक्षा मन्त्रालय सदस्य
१४। सचिव, सूचना तथा संचार मन्त्रालय सदस्य
१५। सचिव, श्रम तथा रोजगार मन्त्रालय सदस्य
१६। डेपुटी गर्भनर, नेपाल राष्ट्र वैंक सदस्य
१७। सह–सचिव, आर्थिक कूटनीति तथा गैरआवासीय नेपाली महाशाखा, परराष्ट्र मन्त्रालय सदस्य
१८। सह–सचिव, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा, अर्थ मन्त्रालय सदस्य
१९। महानिर्देशक, अध्यागमन विभाग सदस्य
२०। महानिर्देशक, उद्योग विभाग सदस्य
२१। महानिर्देशक, वैदेशिक रोजगार विभाग सदस्य
२२। उप–सचिव, आर्थिक कूटनीति तथा गैरआवासीय नेपाली महाशाखा, परराष्ट्र मन्त्रालय सदस्य
२३। अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ सदस्य
२४। अध्यक्ष, नेपाल उद्योग परिसंघ सदस्य
२५। अध्यक्ष, नेपाल चेम्बर अफ कमर्श सदस्य
२६। अध्यक्ष, गैरआवासीय नेपाली संघ सदस्य
२७। कार्यकारी निर्देशक, नेपाल पर्यटन बोर्ड सदस्य
२८। कार्यकारी निर्देशक, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र सदस्य
२९। वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ सदस्य
३०। कार्यकारी निर्देशक, गैरआवासीय नेपाली संघ सदस्य–सचिव
