उपचारकक्षमै रकम हस्तान्तरण

Read Time:1 Minute, 39 Second

    

सिंगापुर, नेपाली आदीवासी जनजाति महासंघ मलेसियाको पहलमा गोरे वहादुर खपाङ्गीको उपचारार्थ संकलन गरिएको आर्थिक सहयोग रकम १२०० सिंगापुर डलर(रु.१,०१,०६०) महासंघ मलेसियाका अध्यक्ष सुन्दर आले मगर द्धारा खपाङ्गी उपचार समितिलाई हस्तान्तरण गरेकोछ । १सेप्टेम्बर, खपाङ्गीको उपचार कक्षमा स्वयं भेटी सिघ्र स्वास्थ्यलाभको कामना गर्दै अध्यक्षले सहयोग रकम हस्तान्तरण गरेकाहुन ।


    लामो समयबाट अस्पताल शैयामा उपचार गराई रहेका खपाङ्गीलाई थप उपचारको लागि केही समय अघि सिंगापूर ल्याईएको र उनको उपचारमा आर्थिक अभाव भएको भन्ने समाचार सञ्चार माध्यमहरुमा प्रसारित भए पछि नेपाली आदिवासी जनजाति महासंघ मलेसियाले विभिन्न संघ संस्था, ब्यापारी, समाजसेवीहरुमाझ आर्थिक सहयोगको लागि संस्थागत आह्वान गर्दै महासंघका सचिव राम अस्लामी मगरको संयोजकत्वमा आर्थिक संकलन थालेको थियो । महासंघले थालेको अभियानमा आर्थिक उपलब्ध गराएर सहयोग पु¥याउने सम्पूर्ण सहयोगीहातहरुलाई महासंघ मलेसियाले विशेष धन्यवाद प्रकट गरेको छ ।
रोशन अस्लामी, मलेशिया

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %