किरात जनवादी वर्कस पार्टीले सरकारसँग जारी वार्ता प्रक्रिया अवरुद्ध हुने चेतावनी दिएको छ । आफ्ना केन्द्रिय सदस्य मिना खम्बुलाई धरानमा प्रहरीले पक्राउ गरेको भन्दै सो पार्टीले यस्तो चेतावनी दिएको हो । सरकारसँग पछिल्लो चरणमा भएका वार्तामा एकअर्का विरुद्धका गतिविधि नगर्ने सहमतिका साथ आफूहरु सहमतिमा ईमान्दारी बन्दाबन्दै एकाएक पार्टीका नेतालाई धरपकड गर्नुले सशंकित बनाएको वर्कसका केन्द्रिय प्रवक्ता तथा वार्ता टोलीका सदस्य काईला खम्बुले बताए ।
धरानस्थित आफन्तको घरबाट प्रहरीले पक्राउ गरेर सार्वजनिक समेत नगरेकाले केन्द्रिय सदस्य मिना खम्बुलाई तत्काल सार्वजनिक गर्न र तत्काल रिहाई गर्न उनले सञ्चारकर्मीमार्फत आग्रह गरे ।
भैरब आङ्ला, धरान
