दोश्रो संविधान सभाको चुनावको मिति घोषणाले राजनितिक दल पार्टीहरु आफनो चुनावी नारा वनाउन लागि परेकाछन् । गाँउ गाँउमा चुनावी माहोल वनाउन पनि उत्तिकै तम्सिरहेकाछन् । तर पुर्वी पहाडी क्षेत्रमा वसोवास गर्ने वासिन्दा चुनाव हुने खवरले खुशी र दुखी उत्तिकै छन् ।
संविधान सभाको चुनावको मिति तोकिएसंगै राजनीतिक दल पार्टीहरुमा चुनावी माहोल सुरु भएको छ । यसरी राजनीतिक दलहरु चुनावी माहोल वनाउन लागिरहेको वेला पुर्वी पहाडी क्षेत्रका वासिन्दा पनि उत्तिकै तम्सिरहेका छन् । दशवर्षे जनयुद्धको पिडा भोगेका पुर्वी पहाडी क्षेत्रका वासिन्दाहरु हिजो द्धन्दकालमा भोगेको पिडा अझै विर्सन सकेका छैनन् । ति दिनहरु सम्झदै मादिमुलखर्क ८ मंगलवारे संखुवासभाकी वालकुमारी कार्की अव फेरी हिजोको जस्तो पिडा जनताले खेप्न नपरोस भन्छिन् ।

हिजो द्धन्दकालमा विर्सनै नसक्ने पिडा खेपेका पुर्वी पहाडी क्षेत्र संखुवासभाको मंगलवारे, चौकी र गुफापोखरी आसपासका वासिन्दाहरु अझै पनि मुलुकले निकास नपाउदा हिंजोको जस्तो अवस्था पो खेप्नुपर्ने हो की भनेर चिन्तित छन् । त्यसैले सरकारले चुनावको मिति घोषणा गरे संगै उनीहरु निक्कै आशावादी हुन थालेका छन् । मुलुकमा दोश्रो संविधान सभाको चुनावले साच्चै नेपाली जनताले चाहेको जस्तो नया नेपालको नया संविधान वनाउन सकोस भन्ने उनीहरुको चाहाना छ । हिजोको अवस्था सम्झदै संखुवासभा मंगलवारेकी हिमामाया थापा अव पनि चुनाव भएन र नया नेपालको नया संविधान वनेन भने पहिलेकै जस्तो अवस्था आउनेमा चिन्तत छिन् ।
लामो समय सम्म नेपाली जनताले चाहेको संविधान नवन्दा फेरी पहिलेको जस्तो द्धन्दनै पो हुन्छकी भन्ने पुर्वी पहाडी क्षेत्रका वासिन्दाहरुमा त्रास छ । तर दलहरुको वेमेल , सत्ताको लुछाचुडी सुन्दा साँच्चै अव मुलुकले निकास नपाउने रैछ भन्ने लागेको थियो । तर ढिलै भए पनि दोश्रो संविधानसभाको चुनावको घोषणाले मुलुकले निकास पाउनेमा थोरै झिनो आशा पलाएको छ । त्यसैले यसपटकको चुनावमा अव पार्टी हेरिदैन, व्यक्ति हेरेर भोट हालिन्छ उत्साहित हुदै हिममाया थापा वताउछिन् ।
लामो समय पछि मुलुकमा निर्वाचनको मिति तोकिएको छ । यसले गर्दा मुलुकमा अमनचयन र दिगो शान्ति स्थापना हुन्छ भन्ने विश्वास छ पुर्वी पहाडी क्षेत्रका वासिन्दाहरुलाई । तर फेरी पनि धाक धम्की पुर्ण चुनाव भयो भने आफुहरु सहभागी नहुने वताउछन् पुर्वी पहाडी क्षेत्रका वासिन्दाहरु ।
यसरी पुर्वी पहाडी क्षेत्रका वासिन्दाहरु निर्वाचनमा सहभागी हुन निक्कै उत्साहित छन् । कारण मुलुकमा अमन चयनको वातावरण वनोस र दिगो शान्ति स्थापना होस भनेर । तर राजनीतिक दलहरुले जनतालाई सपना देखाएर नेताहरुले केही गर्न नसकेको महसुस जनताले गरिरहेका छन् । जे होस पुर्वी पहाडी क्षेत्रका वासीहरुको चाहना दोश्रो संविधान सभाको चुनावले मुलुकलाई निकास दिन्छ भन्ने छ । त्यसैले जनताको चाहनालाई वुझेर राजनीतिक दलहरु चुनावी वातावरण वनाएर अगाडी वढनु पर्छ ।
भैरब आङ्ला, पुर्वी पहाडी क्षेत्रवाट फर्केपछि
