मीडिया किन जनजाति मुद्दामा भ्रम छर्छ ?

Read Time:4 Minute, 58 Second

नेपालका आदिवासी जनजातिको मुद्दाप्रति विद्यमान गलत भ्रमलाई चिर्न आश्यक रहेको आदिवासी तथा गैरआदिवासी सञ्चारकर्मीहरुले बताएका छन् ।
नेपालका आदिवासी जनजातिका मुद्दाले मूलधारको सञ्चारमाध्यममा पहिचान सहितको स्थानपाउन नसकेको अवस्थामा नेपाली सञ्चारकर्मीहरुले यस्तो प्रतिकृया दिएका हुन् ।  मूलधारको सञ्चारमाध्यममा समावेशिकरण नभएसम्म आदिवासी जनजातिका मुद्दाले पहिचान र स्थान पाउनस्कने दाबी आदिवासी जनजाति सञ्चारकर्मीहरुको छ । आदिवासी जनजातिको मुद्दामा आदिवासी जनजाति र गैर आदिवासीहरुकोवीचमा हुने गरेको गलत बुझाई र गहन अध्ययनको कमीले आदिवासीका समाचारहरुले स्थान पाउन नसकेको सञ्चारकर्मीको ठम्याई छ ।
आदिवासी जनजातिको मुद्दामा आम नागरिक र सञ्चारमाध्यममा गलत भ्रम फैलिरहेको र यस्ता मुद्दा र विषयलाई चिरेर स्पष्ट रुपमा राख्न आदिवासी र गैर आदिवासीहरुकावीचमा छलफल र संवाद हुन आवश्यक रहेको आदिवासी तथा गैरआदिवासी सञ्चारकर्मीले बताएका छन् ।     
नेपाली सञ्चारमाध्यममा सञ्चारकर्मीहरुको सहभागिता र पहँुच नहुनु, गहिरो अध्ययनको कमी, क्षमताको अभाव र आदिवासी सञ्चारकर्मीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएसम्म सञ्चार क्षेत्रको ब्यबसायिक विकास हुन नसक्ने नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङले बताए । ‘संचारमाध्यममा सबै जाति, धर्म र वर्गको समावेशीकरणका लागि राष्ट्रिय मूलधारका सञ्चारमाध्यममा कार्यरत सम्पूर्ण गैर आदिवासी सञ्चारकर्मीहरुले अग्रणी भूमिका खेल्नुपर्दछ भन्ने हाम्रो माग हो ।’ अध्यक्ष गुरुङले भने ।
भाषिक र जातिय दमनलाई स्वीकार गरेर आदिवासी जनजातिहरुले कमजोरी गरेको उल्लेख गर्दै गैरआदिवासीहरुले आदिवासी जनजातिका मुद्दालाई सहर्ष स्वीकार गर्न नसक्दा आदिवासी जनजातिको मुद्दाले पहिचान सहितको स्थान पाउनसकेको गोरखापत्र दैनिकका प्रधान सम्पादक पुष्कर माथेमाले स्पष्ट पारे । ‘आदिवासीको पहिचानको विषयमा लेखहरु कतै आएको देखिंदैंन ।’ उनले थपे ।
मूलधारका सञ्चारमाध्यमका सञ्चारकर्मी र आदिवासी जनजाति सञ्चारकर्मी तथा अधिकारकर्मीवीच भएको सामाजिक सम्बाद कार्यशालामा सहभागि सञ्चारकर्मीहरुले आदिवासी जनजातिका मुद्दालाई सहि रुपमा बुझ्न, बुझाउन र स्पष्ट पार्न गोष्ठीले महत्वपूर्ण भूमिका खेलेको बताए । ‘ आदिवासी जनजाति सञ्चारकर्मी, अधिकारकर्मी  र सञ्चारमाध्यमवीच सुमधुर सम्बन्ध हुन आबश्यक छ ।’ न्यूज २४ टेलिभिजनका समाचार प्रमुख चिरञ्जिवी देवकोटाले बताए ।
कार्यशालामा आदिवासीको मुद्दा के हो? भन्ने विषयमा गहन अध्ययन, छलफल र बहस हुन सामाजिक संम्बादहरु हुन आबश्यक रहेको सञ्चारकर्मीहरुले बताए । कार्यशालामा मूलधारका संचारमाध्यममा आदिवासीका मुद्दा र अधिकारको पहिचानलाई स्थापित गरिनुपर्दछ भन्ने विषयमा बहस र छलफल भएको थियो ।
कार्यशालामा वरिष्ट पत्रकार राजकुमार दिक्पालको कार्यपत्र प्रस्तुती तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य खिम घलेले सहजिकरण गरेकाथिए । कार्यपत्रमा सहभागी सञ्चारकर्मीहरुले टिप्पणी गरेका थिए । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) अन्तर्गत एशियामा आदिवासी आवाज परियोजनाले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय मूलधारका सञ्चारमाध्यममा कार्यरत पत्रकार, आदिवासी सञ्चारकर्मी तथा अधिकारकर्मीहरुको उपस्थिती रहेको थियो ।

आनन्द गुरुङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %