खुट्टाले लेखिएको ‘एकातन्तमा सुवास’

Read Time:2 Minute, 7 Second

पोखरा, १५ भदौ
 उनी शारिरक रुपमा अशक्त छिन् । बोली राम्रोसँग फुट्दैन । हात खुट्टा नचल्ने उनी घिस्रिरिएर हिडछिन् । स्वअध्ययन गरेर उनले लेख्न, पढ्न सक्ने भएकी छिन् । लेख्नलाई उनका हात चल्दैनन् । खुट्टाले उनी जम्मै लेख्न सक्छिन् ।  खुट्टाले नै कम्प्युटरमा अक्षर टाइप गर्न सक्ने प्रतिमा हुन्, पाचकन्या–८ सुनसरीकी लक्ष्मी राई । बोली नफुटे पनि २४ वर्षिया लक्ष्मीले कविता, गजल र गीत लेखेर मनको बह पोख्छिन् । मन बिसाउन खुट्टाले लेख्दालेख्दै थुप्रिएका रचनालाई उनले संग्रहित गरिन् र किताबको रुप दिइन् ‘एकान्तमा सुवास’ ।

लक्ष्मीले लेखेको किताब ‘एकान्तमा सुवास’ शनिबार पोखरामा साहित्यकार प्रकाश सायमीले विमोचन गरे । ‘लक्ष्मी शारिरिक रुपमा अशक्त भए पनि शसक्त साहित्य सृजना गर्नुभएको छ’ साहित्यकार सायमीले टिप्पणी गर्दै भने,‘अधिकांश साहित्यकारहरु स्वस्थ्य हुँदाहुदै साहित्य रचनामा अस्वस्थ बन्दै गइरहेका छन् ।’ शारिक रुपमा अशक्त लक्ष्मी पोखरा आउन नसके पनि हिमालयन रिडर्स कर्नरको आयोजना र गायक अनुज कुलुङको पहलमा लक्ष्मीको कृति विमोचन गरिएको हो । कार्यक्रममा साहित्यकार दीपक पराजुली, कवि दुर्गा बहादुर शाह ‘बाबा’ लगायतले लक्ष्मी राई बिलक्षण क्षमता भएको साहित्यिक साधक भएको बताएका थिए । त्यस अवसरमा पूर्वकै साहित्यकार नरदेवी राईको संस्मरण ‘संग्रह नेपथ्यको कुरा’ पनि विमोचन गरिएको थियो ।

सविता मगर,पोखरा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %