कांग्रेसलाई चुनावी चन्दा अनलाईनबाट

Read Time:2 Minute, 5 Second

नेपाली कांग्रेस निर्वाचन रणनीति तय गर्न छलफलमा जुटेको छ । निर्वाचन रणनीति तय गर्न बुधबारबाट पार्टी कार्यालय सानेपामा शुरु भएको बैठकमा विभिन्न राजनीतिक गतिविधि तथा निर्वाचन रणनीतिका विषयमा छलफल भएको छ । बैठकमा केन्द्रीय सदस्यहरूबाट निर्वाचन तयारी तथा घोषणापत्रका विषयमा सुझाव पेश गर्ने क्रम जारी रहेको प्रवक्ता दिलेन्द्रप्रसाद बडुले जानकारी दिए ।

संकलित सुझावलाई समेटर घोषणापत्र तयार पारिने प्रवक्ता बडुको भनाइ छ । बैठकमा उपसभापति रामचन्द्र पोडैलको संयोजकत्वमा गठित समितिले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ । त्यस्तै बैठकमा सुशील कोइरालाको संयोजकत्वमा गठित आर्थिक समितिले गरेको प्रगतिका बारेमा पनि समीक्षा भएको बताइएको छ ।

बैठक आज बिहान ११ बजे पुनःबस्नेछ । यसैबीच, नेकाले संविधानसभाको निर्वाचनमा आर्थिक सहयोग संकलनका लागि वेवसाइट सञ्चालनमा ल्याएको छ । कांग्रेसले पत्रकार सम्मेलन गरी डब्लुडब्लुडब्लु डट नेपाली कांग्रेस डट ओआर्जी लगअन गरी आर्थिक सहयोग गर्न सकिने जनाएको छ । सभापति सुशील कोइरालाले वेबसाइटमार्फत आर्थिक संकलन गर्दा पार्टी आर्थिक रूपमा पारदर्शी हुने बताए । कांग्रेसले बैंक तथा रेमिट्यान्स कम्पनीहरूमार्फत पनि सहयोग गर्न सकिने भन्दै आर्थिक सहयोगका लागि आग्रह गरेको छ ।
आनन्द गुरुङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %