तनहुमा जनजाति पार्टी प्रवेश

Read Time:3 Minute, 12 Second

भाद्र ११ तनहुँ, राष्ट्रिय जनमुक्ती पार्टी तनहुँ क्षेत्र नं.२ अन्तर्गत काहुँ शिवपुर गाउँ कार्य समितिको तेश्रो गाउँ अधिवेशन काहुँ शिवपुर गा.बि.स कार्यालयको सभाकक्षामा सोमबार सम्पन्न भयो । संघीय परिषद्को सदस्य हस्त बहादुर थापाको प्रमुख अतिथ्यमा तथा जिल्ला अध्यक्ष मन्धरी आलेमगरको बिशेष अतिथ्यतामा सम्पन्न सो गाउँ अधिवेशनले दल बहादुर थापाको अध्यक्षतामा १३ सदसीय राष्ट्रिय जनमुक्ती पार्टी काहुँ शिवपुर गाउँ कार्य समिति गठन गरिएको छ ।

 उपाध्यक्ष कर्ण बहादुर थापा मगर सचिव मधु माया थापा, कोषाध्यक्षमा कुल बहादुर पाटा मगर निर्वाचित भए । सदस्यहरुमा नरेश मुक्मी ,मन बहादुर थापा,ओम बहादुर मुक्मी, राम बहादुर थापा, राजु मुक्मी, सन्त थापामगर,पबित्र मुक्मी,लेख बहादुर मुक्मी मगर निर्बाचित भएका छन । अध्यक्ष कर्ण बहादुर थापाको सभापतित्वमा सम्पन्न सो गाउँ अधिवेशनको उदघाटन सत्रमा राष्ट्रिय युवा मोर्चाका केन्द्रिय सचिव लाल बहादुर गोतामे, नेपाल बिद्यार्थी मोर्चाका केन्द्रिय उप महासचिव श्री बहादुर थापा, नेपाल बिद्यार्थी मोर्चा तनहुँका अध्यक्ष सिजन थापा, क्षेत्र नं २ तनहुँका क्षेत्रिय अध्यक्ष बहादुर सिंह थापा लगायतका वक्ताहरुले आआफना मन्तब्य राखेकाथिए । उक्त कार्यक्रममा एकिकृत माओवादी,नेकपा एमाले र नेका लगायतका पार्टी परित्याग गरि ५२ जना कार्यकर्ताहरु जनमुक्तीमा प्रबेश गरेका थिए । नव प्रबेशी कार्यकर्ताहरुलाई संघीय परिषद्को सदस्य हस्त बहादुर थापाले टिका लगाई स्वागत गरेका थिए ।

    सोहि भेलाले नर बहादुर मुक्मी मगरको अध्यक्षतामा ११ सदसीय राष्ट्रिय युवा मोर्चा काहुँ शिवपुर गाउँ कार्य तदर्थ समिति पनि गठन गरेको छ । उपाध्यक्ष पदमा रेशम थापा मगर, सचिव धन माया थापा, कोष अध्यक्ष रुपा माया थापा, सदस्य अविनास थापा, अनिता माया थापा, धन बहादुर थापा मगर, सनिसरा थापा, मोहन थापा, हेमन्त बिश्वकर्मा चयन भएका छन । क्षेत्र नं २ तनहुँका सचिब भुवन सिङ थापाको स्वागत भाषण तथा जिल्ला सचिब मिना थापाको संचालनमा सम्पन्न भएको थियो ।

खडक आले

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %