बेड नं १२०९ का खपागीं सिंगापुरमा पनि आईसीयूमा

Read Time:1 Minute, 36 Second

 अन्तत: आज बिहानै देखि एलिज़ाबेथ अस्पतालमा उपचार शुरु भएकोछ । २३ अगस्त अर्थात हिजों १२ बजे नर्भिक अस्पतालबाट डिस्चार्ज गरिएका गोरेबहादुर खपागीं १ बजे सिंगापुरका लागी उडेकाथिए । ८:३० बजे सिंगापुर बिमानस्थलमा उत्रिएकाथिए । राती ११:२४ मा उनलाई अस्पताल भर्ना गरिएकोथियो । खपागींलाई १२०९ बेड नम्बर दिईएकोथियो । १२ बजे न्युरो सर्जनले जाँच शुरु गरेकाथिए । उनकै निर्देशनमा बिरामीलाई आज बिहानबाट अर्ध आईसीयूमा भर्ना गरिएकोछ । बिरामीसंगै रहेका ज्वाईं चन्द्र थापाका अनुसार , उनलाई अझै २/३ दिनसम्म सघन उपचार गराउनपर्ने हुनसक्छ । तर एमआरआई नगरि कति दिन लाग्नसक्छ भन्न नसकिने उपचारमा संलग्न चिकित्सकहरुको भनाई उदृत गर्दै थापा बताँउछन । छाती, टाउको र पिसाबमा ईन्फेक्सन भएकोले त्यो दुरुस्त नभई एमआरआई गर्न नसकिने र त्यसका लागि ६-७ दिन सम्म पनि लाग्न सक्ने  चिकित्सकले जनाएको थापा बताँउछन । यो समय तालिका हेर्दा पूर्व अनुमानित समय भन्दा बढ़ी बस्नुपर्ने हुन सक्ने र उपचार ख़र्च पनि बढ्न सक्नेछ ।

 

 

उडान अघि काठ्मान्डुमा

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %