पौडीखेल्दा डुबेर मृत्यु

Read Time:1 Minute, 11 Second

पाल्पा,भाद्र ८ नारायणस्थान तानसेन पाल्पामा रहेको पोखरीमा पौडी खेल्ने क्रममा  भुवनपोखरी ८ छतुवाका २२ बर्षिय कमल कुमालको डुबेर ज्यान गएको छ । हिजो राती साढे दश बजे ३ जना भएर पोखरीमा पौडी खेल्न गएका बेला कुमालको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । तानसेनको बसपार्क देखि मिशनअस्पतालमा भ्यान चलाउदै आएका कुमाल पौडी खेल्न नजान्ने र टायरको सहायतामा पोखरीमा पसेका थिए ।

उनी संगै रहेका गाडीका सहयोगीहरुले उनी डुबेको पछि मात्रै पत्तो पाएको बताएका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरीरहेको प्रहरीले बताएको छ । अरु बेला पौडीखेल्नेको भिड हुने र रातीमा कोही पनि नहुने भन्दै उनीहरु पौडीखेल्न गएका थिए ।

देब पचभैया

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %