रोजगार अनुमति प्रणाली ईपीएसअन्तर्गत दक्षिण कोरिया जान इच्छुक कामदारका लागि भाषा परीक्षाको आवेदन आजबाट खुला भएको छ ।
आजबाट आवेदन खुला भए पनि काठमाण्डौका केन्द्रहरूमा गएरातिदेखि नै युवाहरु फाराम बुझाउन लाइन बसेका थिए । श्रम तथा रोजगार मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाभित्र सानो गौचरण खेलमैदान ज्ञानेश्वर, सिद्धार्थ वनस्थली इन्स्टिच्युट वनस्थली र ल्याबरोटरी माध्यमिक विद्यालय बल्खुबाट फाराम वितरणको व्यवस्था मिलाइएको जनाएको छ । काठमाण्डौ उपत्यकाबाहिर भने धरान नगरपालिकास्थित सभागृह र बुटवल नगरपालिकास्थित बुटवल प्रदर्शनी मण्डपबाट फारम वितरण हुनेछ ।
भाषा परीक्षामा १८ देखि ३९ बर्ष उमेर समूहकाले मात्र भाग लिन पाउनेछन् । आवेदकको सुविधाका लागि प्रत्येक फाराम वितरण केन्द्रमा झण्डै १ सय कर्मचारी खटाइएको छ भने एक दर्जन बैंक काउन्टर राखिएको छ । आजबाट चार दिनसम्म आवेदन फाराम भर्न सकिने छ । भाषा परीक्षा आउँदो असोज २० र २१ गते काठमाण्डौंमा हुनेछ । यो वर्ष करिब ७० हजारले आवेदन फाराम भर्ने अनुमान गरिएको छ । कोरियाले यस वर्ष नेपालका लागि ८ हजार २ सय कोटा छुट्याएको छ । कृषि तथा पशुपालनमा ३ हजार ६ सय र उत्पादनमूलक क्षेत्रमा ४ हजार ६ सय युवालाई भाषा परीक्षामा उत्तीर्ण गराइने छ ।
आनन्द गुरुङ
कोरीया जाने परिक्षा खुल्ला
Read Time:2 Minute, 1 Second
