बुटवलमा जनजाति पत्रकारहरुको जमघट

Read Time:4 Minute, 33 Second

                                                    
                                        
बुटवल, भाद्र ३

आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका सल्लाहकार उजीर मगरले आदिवासी जनजाति पत्रकारहरुले चुनौती मोलेर काम गरिरहेको बताएकाछन ।  आदिवासी जनजाति पत्रकार महासंघले आज देखि बुटवलमा सुरुगरेको तीन दिने पत्रकारीता तालिमको उद्घाटन गर्दे  उनले  अहिलेका पुस्ताले चुनौती मोलेर काम गरे भाबी पुस्तालाई फाईदा हुने बताए  ।  उनले धैर्य  भएर पत्रकारीता गर्ने आदिवासी पत्रकारहरुको कमी रहेको समेत बताए । नागरिक दैनिकमा राजनितिक समाचार सम्पादक समेत रहेका मगरले जातिय पहिचानको मुद्धालाई  वकालत गर्न पनि पत्रकारीता आवश्यक रहेको बताए । आदिबासी जनजातिहरुलाई पनि पत्रकारीतामा आर्कशित गर्नको लागी संचारमाध्यम र पत्रकारहरुको छाता संगठन पत्रकार महासंघलाई नै समावेशी बनाउनुपर्नेमा जोड दिए ।

उद्घाटन कार्यक्रममा फोनिज केन्द्रीय सचिव राजेश चाम्लिङले देशै भर पत्रकारीता चलाउने केन्द्रको अभियान अन्र्तगत पश्चिाञ्चल क्षेत्रकोलागी बुटवलमा तालिमको आगोजना गरिएको जानकारी दिए । पत्रकारीतामा लाग्न गहन अध्यन, धैर्यता हुनुपर्ने भन्दै उनले समयअनुसार  प्रविधिमा आएको परिबर्तन संग आम पत्रकारहरु पनि जानकार हुनुपर्नेमा जोड दिए । गोरखापत्र दैनिकका उपसम्पादक समेत रहेका चाम्लिङ्गले विश्वबिद्यालयमा प्रमाणपत्र लिएर मात्रै पत्रकारीतामा प्रबेश गर्नेहरुको संख्या बढीरहेको भन्दै अल्छी पत्रकारहरुले हात धुनुपर्ने अवस्था आएको बताए ।
पत्रकार महासंघका पश्चिमाञ्चल प्रमुख देव पचभैयामगरले एफएम रेडियो र पत्रपत्रिकामा रहेका आदिवासी पत्रकारहरु तल्ला तहमा मात्रै रहेकाले उनीहरुको जागिर धरापमा रहेको बताए ।
पत्रकारितामा लागेर आफ्नो भबिष्य खोज्न चाहने आदिवासी पत्रकारहरुको संख्या कम रहेको उनको भनाई थियो ।  

तालिम उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिपक ज्ञवाली, फोनिजका सल्लाहकार भिमप्रसाद गुरुङ, राससका अञ्चल प्रमुख भरत के.सी., अग्रज पत्रकार लेखक तथा नेपाल हाइड्रो बुटवलका प्राविधिज्ञ गिरी श्रीसमगर, नेपाल हाइड्रोकै प्राविधिक अधिकृत खिम थापा, प्रेश चौतारी रुपन्देहीका अध्यक्ष प्रदिप आचार्य, क्रान्तीकारी पत्रकार संघका सचिव भुवन कार्की, प्रेस युनियनका सचिव विक्रम खड्का लगायतले बोलेकाथिए ।

बुटवल टेक्निकल इन्स्टिच्युट (बि.टि.आई.) को प्रशिक्षण हल र बि.टि.आई.कै गेष्ट हाउसमा हुने तालिममा केन्द्रीय समितिका सचिव राजेश र सल्लाहकार उजीर मगरले लुम्बिनी अञ्चल भरि ६ जिल्लाका ३० जना प्रशिक्षार्थीहरुलाई तीन दिनसम्म प्रक्षिण दिने कार्यक्रम रहेको छ ।

तालिम सीडाको आर्थिक सहयोग तथा ए. आई. पि. पि. को सपोर्ट्स, फोनिज केन्द्रीय समितिको संयोजनमा संचालन भएको हो ।  बिहिबारसम्म चल्ने तीन दिने तालिम उद्घाटन कार्यक्रम नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीका अध्यक्ष मिलन गाहामगरको अध्यक्षता, सचिव आशिष सूर्यवंशीको संचालन र उपाध्यक्ष राज चौधरीको स्वागतमा सम्पन्न भएको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %