मोहन वैद्य नेतृत्वको नेकपा माओवादी सम्वद्ध साना दलहरुको मोर्चा निर्वाचनमा सहभागी हुन सकारात्मक देखिएको छ ।
बबरमहलस्थित शान्ति कोषको सचिवालयमा गएराति अबेर भएको वार्तामा सरकार आफ्ना माग सम्बोधन गर्न सकारात्मक देखिएपछि मोर्चा निर्वाचन प्रक्रियातमा सहभागी हुन सहमत भएको हो । वार्तामा सरकारी टोलीले मोर्चाले राखेका १८ बुँदे माग सम्बोधनका लागि प्रक्रिया थाल्ने बचन दिएको छ । वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री माधव पौडेल र नेकपा–माओवादीका सचिव देव गुरुङले वार्ता सकारात्मक भएको जानकारी दिए ।
दुवै पक्षले पक्षबीचको वार्ता सकारात्मक भएको बताए पनि सहमतिपत्रमा हस्ताक्षर भने भएन । आइतबार पुनः वार्तामा बसेर निष्कर्षमा पुग्ने सहमति भएको सचिव गुरुङले जानकारी दिनुभयो । मोर्चाले ११ बुँदे राजनीतिक सहमति, २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश, सरकार र उच्चस्तरीय राजनीतिक समिति खारेज गर्नुपर्ने तथा ४ मंसिरमा घोषित निर्वाचन मिति सार्नुपर्ने लगायत माग राखेको छ ।
आनन्द गुरुङ
वैद्य माओवादी मोर्चा पनि लचक
Read Time:1 Minute, 38 Second
