प्येल्हुको आफ्नो थलो आफै बनाऔं अभियान

Read Time:2 Minute, 49 Second

उत्तरपूर्वी ल्हेगेँ तमू  परिवार र युवा परिवारले आज तमू प्ये ल्हु संघमा सरसफाई गरेको छ । युवा परिवारको स्थापना दिवसको पुर्वसन्ध्यामा आयोजित सरसफाई कार्यक्रम संघको प्रबेशद्धारदेखि फलिना क्वोँइपो, घाट जाने बाटो र कार्यक्रमस्थल लगायतका सबै क्षेत्रहरुमा सरसफाई गरेको हो । सरसफाई कार्यक्रममा युवा परिवार र मातृ संस्था उत्तरपूर्वी ल्हेगेँ परिवारका सदस्यहरुको सहभागिता रहेको थियो । साथै युवा परिवारले क्वोँइपो परिसर वरिपरि फुलहरु समेत रोपेका छन् ।

 ०६९ साल भदौ २ गते स्थापित ल्हेगेँ युवा परिवारले स्थापनाकालदेखि आफ्नो मौलिक संस्कार, संस्कृति संरक्षणका लागी युवाहरुलाई उत्प्रेरित गर्नुको साथै विभिन्न रचनात्मक कार्यक्रमहरु गर्ने क्रममा शुक्रवार सरसफाई कार्यक्रम आयोजना गरेको युवा परिवारका अध्यक्ष भिम ल्हेगेँ तमूले जानकारी दिनुभयो । तमूका अनुसार युवा परिवारले गत वर्षदेखि नै मातृ संस्था उत्तरपूर्वी ल्हेगेँ परिवारसंग समन्वय गरी पच्यु खेकी तालिमसमेत संचालन गरीरहेको छ ।

तमूहरुको धार्मिक धरोहरको रुपमा रहेको क्वोँइपो परिसरमा युवा परिवारले स्थापना दिवसको पूर्वसे सरसफाई कार्यक्रम आयोजना गर्न पाएको भन्दै युवा परिवार सचिव देवीजंग ल्हेगेँ तमूले खुशी व्यक्त गर्नुभयो । उहाँका अनुसार युवा परिवारले पोखरामा शनिवार आफ्नो स्थापना दिवस दिन विशेष कार्यक्रम समेत आयोजना गर्ने भएको छ । सम्पूर्ण ल्हेगेँ युवाहरुलाई निमन्त्रणा गरेको उक्त स्थापना दिवस कार्यक्रममा युवा परिवारले एक वर्षे अवधिमा गरेका गतिविधीका बारेमा समेत उपस्थित सम्पूर्णलाई जानकारी गराउने सचिव तमूले वताए ।

यसअघि ल्हेगेँ परिवारले स्थापना भएको  १ बर्षे अवधिमा लेखनाथ, पोखरा र  गाउँगाउँमा समेत आफ्नो सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरीसकेको साँस्कृतिक संयोजक एवम् कोषाध्यक्ष रुपा ल्हेगेँ तमूले जानकारी दिए ।
देवीजंग तमु

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %