नेपालगन्ज, ३२ श्रावण
अब बन्ने नयां संविधान सभाको निर्वाचनमा महिलाको सहभागीता ३३ प्रतिशत हुनुपर्ने कार्यक्रमका सहभागी महिलाहरुले जोड दिएका छन् । जागरण नेपालको आयोजनामा नेपालगन्जमा भएको कार्यक्रममा बोल्दै अधिंकाश सहभागी महिलाहरुले संविधान सभामा महिलाको ३३ प्रतिशत सहभागिता हुनुपर्ने माग गरे । 
कार्यक्रममा बोल्दै जागरण नेपालका केन्द्रिय अध्यक्ष सर्मिला कार्कीले नीतिगत रुपमै पछाडि परेका दलित, जनजाति, अल्पसंख्य महिलाहरुले आफ्नो अधिकार प्राप्तीकोलागि आफै अग्रसर हुनु पर्ने बताईन । उनले अधिकार अरुले दिएर होइन आफ्नो अधिकारकोलागि आफै लिन सक्नुपर्ने बताईन ।
नेपाल पत्रकार महासंघ केन्द्रिय उपाध्यक्ष यशोधा तिम्सिनाले महिला अधिकारको कुरा गरिराख्दा पुरुषको अधिकार हनन गर्न नभई पछाडि परेका महिलालाई निर्णायक तहमा पुरयाउन खोजिएको बताईन ।
कार्यक्रममा मध्येपश्चिम क्षेत्रका ५ जिल्लाबाट महिला नेत्रृहरुको सहभागीता रहेको थियो ।
दीपा आले नेपालगन्ज
