निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन सात दिन समय दिने भएको छ ।
दलहरूले लाखौं मतदाता छुटेको भन्दै समय थप गर्न माग गरेपछि आयोगले छुटेका मतदाताहरूको नाम दर्ताका लागि भदौ १ गतेदेखि ७ गतेसम्मको समय तोकेको हो । आयोगले यसअघि तोकेको मतदाता नामावलीमा नाम लेखाउने समय गत असार मसान्तमा नै सकिएको थियो । असार मसान्तसम्ममा १ करोड २३ लाख ८ हजारले मतदाता नामावलीमा नाम लेखाएका थिए । तर असार मसान्तसम्ममा देशभित्रका झण्डै ११ लाख र देशबाहिर रहेका ३० लाख मतदाता छुटेको आयोगको अनुमान छ । एक साताको समय दियंदा निर्वाचनको कार्यतालिकामा कुनै असर नपर्ने निर्वाचन आयोगको भनाइ छ । दोस्रो संविधानसभाको निर्वाचन मंसिर ४ गते गर्ने गरी निर्वाचन आयोगले निर्वाचनको प्रक्रिया अगाडि बढाइरहेको छ ।
आनन्द गुरुङ
छुटेकालाई समेट्न निर्वाचन आयोगको ७ दिन
Read Time:1 Minute, 15 Second
