एमाले कांग्रेसले संघियता नबुझेको भट्टराईको आरोप

Read Time:2 Minute, 52 Second

एकिकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराइले एमाले र काङ्ग्रेसले अहिले सम्म सङ्घियता भन्ने कुरा नै नबुझेको बताएका छन् ।

पुर्वमा हुने चुनावी सभालाई सम्वोधन गर्न पुर्व आईपुगेको मौकामा क्रान्तीकारी पत्रकार सङ्घ सुनसरीले आयोजना गरेको सङ्घियता पहिचान, तपाँँइको प्रश्न र एकिकृत नेकपा माओवादीको जवाफ बिषयक अन्तरक्रिाय कार्यक्रममा काङ्ग्रेस र एमालले सङ्घियताको मर्म नबुझेकाले संबिधान सभाले संबिधान दिन नसकेको बताएका हुन । भटटराईले सङ्घियता भनेकै पहिचान सहितको हुने दावी गरे । पहिचान बिनाको सङ्घियता भन्नु र तातो बरफ भन्नु एउटै हो भन्दै नेता भट्टराइले एमाले र काङ्ग्रेसले सङ्घियतालाई प्रशासनीक एकाइको रुपमा बुझेर व्याख्या गरिरहेको बताए । अन्तरक्रिया कार्यक्रममा नेता भट्टराइले सङ्घियता उत्पिडित जाती जनजाती र क्षेत्रका समुदायको पहिचान कायम गर्दै उनीहरुले नै शासन गर्ने बिधि भएको बताए । नेता भटटराईले पुराना दलहरु अहिले पनि राजा महेन्द्रले बिकेन्द्रीकरणका नाममा बिभाजन गरेको बिकास क्षेत्रलाई नै सङ्घियताको नामाकरण गर्न खोजिरहेका छन् । यसले नेपालको बिकास हुँदैन । नेता भट्टराईले भूगोल, भाषा र ऐतिहसिक र जातीय पहिचानका आधारमा सङ्घियताको निर्धारण गरिनु पर्ने बताए । केका आधारमा सङ्घियतामा देश जाने भन्ने निर्णय चाँही क्षेत्र हेरेर त्यहीको नागरिकले गर्ने बताए ।

यसैगरी विराटनगरमा असन्तुष्ट दलहरुसँंग निर्वाचनमा जाने विषयमा वार्ता भइरहेको र उनीहरुसमेतको सहमतिमा मंसिर ४ मै निर्वाचन हुने भटटराईल दावी गरे ।  विराटनगर विमानास्थलमा पत्रकारहरुसँंग कुराकानी गर्दै नेता भट्टराईले असन्तुष्ट दलहरुसंग समानुपातिक सिट संख्यामा बृद्धि, मतदाता नामावली संकलनको म्याद थप, उच्चस्तरीय राजनीतिक समितिको खारेजी जस्ता कुरामा सहमति भएपनि दोश्रो संविधानसभाको चुनाव भने आगामी मंसिर ४ गते नै हुने दावी गरे ।  
भैरब आङ्ला, धरान

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %