देशमै मर्छु भनेपछि मरिचमान स्वदेश फर्काइए

Read Time:1 Minute, 23 Second

फोक्सोको क्यान्सरका कारण थलिएर भेन्टिलेटरमा राखिएका पूर्वप्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठलाई भेट्न नेताहरु राजधानीस्थित नभिर्क अस्पतालमा पुगेका छन् । उनको पछिल्लो स्वास्थ्य अवस्था झन गम्भिर बनेको छ । श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न गएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले उनको स्वास्थ्य अवस्था गम्भिर रहेका जानकारी दिएका छन् ।


अध्यक्ष थापाले चिकित्सकहरुले उपचार गरिरहेको जानकारी दिए । भारतको मेदान्त अस्पतालमा उपचार गराइरहेका श्रेष्ठको स्वास्थ्यमा कुनै सुधार नआए पछि उनलाई काठमाडौं ल्याइएको हो । पूर्वप्रधानमन्त्री सिंहले आफ्नै देश नेपालमा प्राण त्याग्ने इच्छा गरेका थिए । चिकित्सकहरुमा अनुसार पूर्वप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था खस्कँदो छ ।
नर्भिकमै गोरेबहादुर खपाङगीको पनि उपचार चलिरहेकोछ र उनलाई सिंगापुर लग्न सल्लाह दिइएकोछ ।
जगन शर्मा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %