मोरङको हरैचास्थित बेलेपुरमा बाटो नछोडेको निहुँमा एकजनाको हत्या भएको छ । स्थानीय एकजना युवाको कुटपिटबाट मोरङको कटहरी – ७ का ५६ वर्षीय महमद वशिर सेखको ज्यान गएको वेलवारी प्रहरीले वताएको छ । कुटपिटवाट गम्भीर घाइते सेखको उपचारका लागि विराटनगर लैजादै गर्दा वाटोमै ज्यान गएको हो । को .६. प. ९१३९ नम्बरको मोटरसाइकलमा विराटचोकबाट हरैंचातर्फ जाँदै गर्दा आगाडि गुडिरहेको को .१ त. ९४३३ नम्बरले बाटो नछोडेको निहुँमा बिबाद भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक बढुकुमार थारुले सेखमाथि कुटपिट गरेको प्रहरीको भनाई छ । थारुलाई प्रहरीले पक्राउ गरि आवश्यक कारबाही प्रक्रिया अघि बढाएको छ ।
भैरब आङ्ला, धरान
वाटो नछोडेकोमा हत्या
Read Time:1 Minute, 1 Second
