डुंगा दुर्घटनामा हराएका मध्ये दुईको शव भेटियो

Read Time:1 Minute, 59 Second

एक हप्ता अघि सप्तकोशी नदिको सुनसरी स्थित चतराघाटमा डुंगा दुर्घटना परि हराईरहेका १३ जना मध्ये थप दुई जनाको शव फेला परेको छ ।


दुर्घटनामा हराएका भोजपुरको दुंम्माना – २ का प्रेम श्रेष्ठ  र उदयपुर मैनामैनी – ९ का ३५ वर्षिय टेकराज राईको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी अजय भट्टराईले जनकारी दिएका छन् । श्रेष्ठको सव सप्तरीको बैरवा ९ कोशी किनारामा फेला परेको हो भने राईको बैरवा – ८ मा फेला परेको प्रहरीले जनाएको छ । दुवैको शव पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाईएको प्रहरीले जनाईएको छ । यसअघि दुर्घटनामा परि रामपुर–३ उदयपुरकी ४४ वर्षीया पार्वती थापा र सुनसरी महेन्द्रनगरकी ५३ वर्षीया चन्द्रकुमारी राईको शव फेला परेको थियो । बाकी बेपक्ताहरुको खोजीकार्य जारी रहेको छ । यसैवीच विना ईजाजत जोखिमपुर्ण तरिकाले सप्तकोशी नदीमा डुंगा संचालन गरेको भन्दै प्रशासनले डुंगा वन्द गरेको छ ।
उदयपुरको मैनामैनी, रामपुर, ठोक्सीलाका वासिन्दा डुंगा वन्द गरे पछि घण्टौ हिडेर झुलुङगे पुलवाट आवत जावत गर्दे आएका छन् । डुंगा दुर्घटना भए पछि कोही पनि डुंगामा नचढेको स्थानियवासीहरु वताउछन् । यसरी दैनिक उपभोग्य वस्तु खरिद विक्रि गर्न सप्तकोशी नदी तरेरै जानुपर्ने उदयपुर वासीको सममस्या प्रति राज्यको ध्यायन नपुगेको प्रति दुखी भएका छन् ।
भैरब आङ्ला, धरान

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %