नेपालगन्ज, २८ श्रावण
आदिवासी जनजाति पत्रकार महासंघ फोनिज बांकेका अध्यक्ष उमा थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा पोखरामा भएको ५ औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय सदस्य पदमा निर्वाचित दिपा आलेमगरलाई सम्मान गरियो । संस्थापक अध्यक्ष रणप्रसाद रानामगर, सल्लाहकार पूर्णलाल चुके, संस्थापक सदस्यहरु गोपि बुढामगर, करुणा थापामगर, अशोक श्रेष्ठ, रविन्द्रमान शेरचनलाई पनि सोही अवसरमा सम्मान गरिएकोथियो ।

“जातीय पहिचान सहितको संघीयताकालागि पूर्ण समावेशी सञ्चार” भन्ने मूल नारा सहित बांकेमा मनाइएको फ ोनिजको स्थापना दिवसमा सो सम्मान गरिएकोथियो । प्रमुख अतिथि एंव आदिवासि जनजाति महासंघ बांकेका अध्यक्ष डम्मर थापामगरले आदिवासी जनजातिले समानताकालागि संघर्ष गर्नु परेको बताए । उनले आदिवासी जनजातिको संघर्ष कुनै जाति विशेष विरुद्ध नभई राज्यबाट बहिष्करणमा परेकाहरुले बाध्यात्मक अवस्थामा चलाएको आन्दोलन भएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि, महासंघ जिल्ला अध्यक्ष डम्मर थापामगरले उनीहरुलाई कदरपत्र, खादा र अविरको टिका लगाई सम्मान गरेका थिए । कार्यक्रममा पत्रकार महासंघ बांकेका अध्यक्ष शुक्रऋषि चौलागाई, प्रेस युनियन अध्यक्ष नरेन्द्र थापा, प्रेस चौतारी अध्यक्ष भेषराज बस्नेत, फोनिजका संस्थापक सल्लाहकार पूर्णलाल चुके, संस्थापक अध्यक्ष रणप्रसाद रानामगर, केन्द्रिय सदस्य दीपा आले लगायतले बोलेका थिए । उनीहरुले पत्रकार कुनै जाति विशेषको नभई पछाडि परेका जाति, वर्ग, क्षेत्रको मुद्धालाई वकालत गर्नुका साथै विशेषगरी आवाज विहिनहरुको आवाजलाई राज्यसमझ पुर्याउन पत्रकारको जिम्मेवारी भएको बताए ।
महासंघ बांकेका उपाध्यक्ष शोभा गुरुंगले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तब्य सचिव प्रेरणा तामांगले गरेका थिए । केक काटेर स्थापना दिवस मनाईएकोथियो ।
