रुपन्देही
राज्यसत्ता डट कम रुपन्देहीका सम्वाददाता गोविन्द घर्ति स्व। देवपाटा पत्रकारीता पुरस्कार–२०७० बाट पुरस्कृतभएकाछन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीले हरेक वर्ष आदिवासी जनजातिहरुको क्षेत्रमा कलम चलाए वापत स्व।देवपाटा पत्रकारीता पुरस्कार प्रदान गर्दै आएकोछ । फोनिजको १५ औं स्थापना दिवसको अवसरमा बुटवलमा एक कायर्यक्रमको आयोजना गरी पत्रकार घर्तिलाई सो पुरस्कार प्रदान गरेको हो ।

पत्रकार घर्ति विगत १ दशक देखि निरन्तर रुपमा पत्रकारीताको माध्यमबाट आदिवासी जनजातिको क्षेत्रमा कलम चलाउदै आएकाछन । फोनिज रुपन्देहीका अध्यक्ष मिलन गाहाको अध्यक्षता र नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद रुपन्देहीका अध्यक्ष सन्तराम चौधरीको प्रमुख आतिथ्यतामा उक्त सम्मान कार्यक्रम सम्पन्न भएको हो । फोनिजका उपाध्यक्ष राज चौधरीको स्वागत र सचिव आशिष सूर्यवंशीको संचालनमा भएको कार्यक्रममा रुपन्देहीमा क्रियाशिल एकल जातीय सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता थियो ।
२०६६ सालमा स्थापना गरेको देवपाटा पत्रकारीता पुरस्कार २०६७ मा तिलोत्तमा दैनिकका पत्रकार प्रविण गाहा, २०६८ मा बुटवल टुडेका पत्रकार लोक गुरुङ्ग र २०६९ मा रेडियो जागरणका पत्रकार टेक बहादुर मास्की राना पुरस्कृत भईसकेकाछन । त्यसैगरि फोनिजकै स्थापना दिवसको अवसरमा राज्यसत्ता डटकमका बाँके संवाददाता दिपा आलेलाई पनि एक कार्यक्रममा सम्मान गरिएकोछ ।
