चुनावको विरोधमा स्वार्थी सचिवहरु पनि

Read Time:3 Minute, 10 Second

साउन २६
लामो समय स्थानीय चुनाव नभएकोले स्थानीय सत्ता सचिवहरुले चलाउँदै आईरहेकाछन । राजनैतिक दल बिनाको यस्तो सत्ता संचालनको लुफ्त उठाईरहेका ति अब हुन लागेको चुनावबाट अत्तालिन थालेकाछन । आफुले खाईपोई आएको भाग खोसिने भयले ति चुनावको बिरोधमै खुलेर उत्रिएकाछन ।
म्ांसिर ४ मा घोषणा गरिएको र्निवाचनको  बहिस्कार निति लिएको नेकपा– माओबादीले कास्कीमा रहेका गाबिस र पोखरा उपमहानगरपािलकाका सचिबहरु संग बर्तमान निर्वाचनको औचित्य बिषयमा गरेको  अन्र्तकृयामा आएको तिनकोे भनाईले यस्तै देखाँउछ ।
अन्र्तकृयामा सहभागि सचिबहरुले बर्तमान अवस्थामा आयोजना गरिएको निर्बाचनको औचित्य नभएको बताएकाछन । सरकारी कर्मचारीको कर्तब्यको हिसावले सरकारका गतिबिधिमा संलग्न हुनुपर्ने बाध्यता भएपनि अन्र्तआत्मालाई साक्षी राख्दा संबिधानसभाबाट संबिधान बन्ने संभावना नदेखिएकोले त्यसको औचित्य नरहेको तिनको भनाई थियो ।
 गाबिसका जनताले मतदाता नामावलीमा कम नाम दर्ता गरेकाले पनि मतदानमा उत्साह नदेखाएको लामिछानेले अनुभव प्रस्तुत गरेका थिए । पोखरा उपमहानगरपालिका वडा नं ६ का सचिव राज बहादुर कोईरालाले संबिधानसभामा सबै शक्तिलाई समेट्नुपर्ने बताए । वडा नं १७ का सचिव भक्त बहादुर घर्तिले जनसंख्याको आधारमा मतदाता नामावली संकलनमा कम जनता सहभागि भएको उल्लेख गरे । वडा नं ९ का सचिव लोकदर्शन कोईरालाले माओवादी प्रति राखिएको अपेक्षामा घात भएको बताए ।हालको निर्वाचन गदैमा मुलुकले निकास नपाउने बरु प्रमुख शक्तिहरु बाहिर रहेर गरिएको चुनावले मुलुकमा द्धन्द निम्त्याउने उनको भनाई थियो ।

 र्निमलपोखरी गाबिसकी सचिव दमयन्ती कोईरालाले बिद्यालय शान्ति क्षेत्र घोषणा गरिएको भएपनि निर्वाचन बुथ बिद्यालयमै राख्न नहुने बताईन । ०६८ साउन जेठ ११ गते राज्यले बिद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेर आफैले उल्लंघन गरेको उनको भनाई थियो । कार्यक्रममा नेकपा–माओवादी तमुवान सह–सेक्रेटरी हरिबहादुर चुमान, कास्की जिल्ला ईन्चार्ज आस्थाले निर्बाचन बहिस्कार कार्यक्रमलाई सहयोग गरि राष्ट्र बचाउने अभियानलाई सहयोग गर्न आग्रह गरेका थिए ।  
माधव पनेरु

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %