जनजातिलाई हतियार बोकाउन उक्साए नेताहरुले

Read Time:2 Minute, 43 Second

२५ साउन
 आदिवासी तथा जनजाति अगुवाहरुले अधिकार प्राप्तिका लागि अवको निर्णायक आन्दोलनमा सबै एक ढिक्का भएर लाग्न आव्वान गरेका छन् । विगतमा अरुका लागि हितियार बोक्ने र आन्दोलन गर्ने आदिवासीहरुले अब आफनै लागि उच्चतम संघर्ष गर्न तयार रहने अगुवाहरुको आग्रह छ ।
१९ औं विश्व आदिवासी दिवसका अवसरमा आदिवासी जनजाति महासंघ रुपन्देहीले बुटवलमा गरेको एक कार्यक्रममा बोल्दै उनीहरुले आन्दोलनमा होमिन आदिवासी जनजातिहरुलाई आव्वान गरेका हुन् । कार्यक्रममा बोल्दै जनजाति अगुवा तथा प्राध्यापक कृष्ण भट्टचनले आवश्यक परे आदिवासीले हतियार उठाउन समेत पछि नपर्ने चेतावनी दिए । उनले भने,“विगतमा कांग्रेसका लागि हतियार बोकीयो, एमालेका लागि हतियार बोकियो, माओवादीका लागि हतियार बोकियो अब आफनै लागि हतियार बोक्ने बेला आएको छ”  ।
आदिवासीहरुको हक अधिकार सम्बन्धि संयुक्त राष्ट्रसंघको घोषणापत्र कार्यान्वय नभए आदिवासीहरुको अधिकार नचाहने सरकार र वाहुनवादी सोचलाई घुडा टेकाउने दावी गर्नुभयो । कार्यक्रममा बोल्दै नेपाल मगर संघका वरिष्ठ उपाध्यक्ष वसन्त घर्तिमगरले अवको दिन निर्णयक संघर्षको दिन हुने भन्दै ईतिहासमा भिमसेन थापाले उठाएको खुकुरी आदिवासीले बोक्नुपर्ने बेला आएको बताए ।
यस्तै कार्यक्रममा बोल्दै थारु कल्याणकारीणी सभाका अध्यक्ष देविप्रसाद चौधरीले सबै आदिवासी जनजाति एक भएर अवको संविधान सभामा आफनो अधिकार सुनिश्चित गर्न आवश्यक रहेको बताए । महासंघका अध्यक्ष सन्तराम चौधरीको अध्यक्षता तथा सचिव गंगा पुनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम पूर्व बुटवलको राजमार्गबाट विभिन्न झाकि सहितको र्याली सहित बुटवल ६ को कान्ति सभागृहमा सभामा परिणत भएको थियो ।
गोबिन्द घर्ति रुपन्देही

 

 

 

जब मौरीको झुण्ड झैं निस्किए आदिवासीहरु सडकमा


0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %