अस्पताल वरपर फोहोरको डंगुर

Read Time:2 Minute, 58 Second

नेपालगन्ज, २२ श्रावण
नेपालगन्ज नगरपालिकाले समयमै नाला सरसफाई गरी फोहरमैला ब्यवस्थित गर्न नसक्दा सर्वसाधारण जनतालाई हिडडुल मात्र होइन यति बेला अस्पतालमा उपचार गर्न आएका विरामी समेत दुर्घन्धित फोहरमैलाका कारण झनै विरामी पर्दै गएका छन् ।


मध्यपश्चिम क्षेत्रको केन्द्र विन्दु मानिएको नेपालगन्ज शहरलाई दुर्घन्धित फोहरमैलाका कारण नेपालगन्ज शहर होइन नेपालगन्ध शहरको रुपमा चिनिन थालेको हो ।
दिनप्रतिदिन बढ्दो जनसंख्या र ब्यवस्थित ढंगले नगरको ढल निकास, फोहोरमैलालाई ब्यवस्थित गर्न नसक्दा यस्तो समस्या देखा परेको हो ।
 यहांस्थित ढलको निकास नहुंदा दुर्घन्ध फैलिने, नगरको प्रत्येक वडामा उत्तिकै फोहोर मैला ठाउं ठाउंमा थुपारिने, साथै बाटो र ढल मात्र नभई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, भेरी अञ्चल अस्पताल वरपर अत्यन्त फोहोरमैलाको गन्धले उपचारकालागि अस्पतालमा आएका विरामी झनै विरामी पर्ने गरेको छ ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका म्यानेजिंग डाइरेक्टर  सुरेश कोनिडियाका अनुसार अस्पतालले सरसफाईकोलागि पहल गरेको दावी गर्दै नगरपालिकाले नै सरसफाईकोलागि चरम लापरवाही गरेको हुंदा फोहोरमैलाले दिनानुदिन ठाउं पाएको बताए ।
अस्पताल नजिक लामो समय देखि फलफूल बेच्दै गुजारा गरेका हिराज राईका अनुसार भोको पेट भर्नकालागि भएपनि दुर्घन्धित फोहोरमैला र अब्यवस्थित ढलको नजिक बसेर जिविकोपार्जन गर्न बाध्य छु । उनी जस्ता फलफूल, चाट, तरकारी, खाजा, मासु, चाउमिन बेच्ने सयौं मानिसहरु अस्पताल किनारामा ब्यापार गरिरहेका छन् । उनीहरुले नै ब्यापार गरेका बस्तुकोे  ब्यवस्थापन गर्न नसक्दा झनै फोहोर भएको हो ।
अस्पताल  गेट देखि किनारा र मेडिकल स्टोरको वरपरपनि जताततै फोहोरै फोहोर छरिएको छ । लामो समय मेडिकल स्टोरमा काम गरेका श्रीधर आचार्यका अनुसार नगरपालिकाले ढल निकास र फोहोर ब्यवस्थापन गर्न नसक्दा यसरी जताततै फोहोर फयाक्न बाध्य भएको बताए ।
दीपाआले,नेपालगन्ज

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %