एनआरएनए प्रमुखमा शेष घलेको उम्मेदवारी

Read Time:1 Minute, 35 Second

अष्ट्रेलियाकै १८० औं धनी नागरिक शेष घलेले गैरआवासीय नेपाली संघ एनआरएनको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी घलेले उम्मेदवारी घोषणा गरेका हुन् । उनले आफू सर्वसम्मत अध्यक्ष बन्ने दाबी गरेका छन् । उनले आफुले उम्मेदवारी दिनुका कारण पनि सार्वजनिक गरेका छन् ।
उनले आफुले उम्मेदवारी दिनुको कारणबारे भने , गैरआवासिय नेपालीको अभियानलाई थप सुधार गदै संस्थागत गर्न, एनआरएनको दर्ता, सुरक्षित आप्रवासन र वैदेशिक रोजगारीको सुदृढीकरण र नेपालमा ज्ञान र पूंजी लगानीका लागि विदेशमा रहेका नेपालीको क्षमता प्रयोग गर्न मेरो उम्मेदवारी हो ।
 उनले नेपाली नागरिकताको निरन्तरता अर्थात दोहोरो नागरिकता दिलाउन पहल गर्ने योजनामा आफु रहेको बताए । एनआरएनको स्थापनाकालमा घलेले केन्द्रीय सल्लाहकारको भूमिका निभाइसेका छन । घलेले २००५ मा दोहा सम्मेलनमा भाग लिएपछि एनआरएन अष्ट्रेलिया स्थापना गर्न सक्रिय भूमिका निभाएका थिए । एनआरएनको अन्तर्रािष्ट्रय सम्मेलन आगामी अक्टोबरमा काठमाण्डौंमा हुंदैछ ।
जगन शर्मा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %