इस्लाम धर्माबलम्बीले आज देशभर ”इदउल फित्र” मनाउंदैछन् । हिजरी सम्वतको ”रमजानल मुबारक” महिनाभर रोजा बसिसकेपछि मुसलमान समुदायले हर्षोल्लासपूवर्क ”इदउल फित्र” मनाउने चलन छ । मुस्लिम समुदायको ठुलो पर्व इदललाई ध्यान दिंदै सरकारले आज सार्वजनिक विदा दिएकोछ । 
हिजरी सम्वतको आठौं ”साउन” महिनाको अन्तिम तारिखमा आकाशमा चन्द्रमा उदाएपछि रोजा सुरु हुन्छ । ”इदउल फित्र”का दिन विहान नुहाई धुवाई गरी सेवई, खजुर, फलफूललगायत मिठा परिकार खाने प्रचलन छ । सफा, राम्रा कपडा र अत्तर (सुगन्ध) लगाएर इदगाह –इदको नमाज पढ्नकालागि बनाईएको विशेष ठाउ वा मस्जिदमा गएर इदको नमाज पढिन्छ । नमाज पढिसकेपछि एक अर्कासंग इदको शुभकामना आदान–प्रदान गर्दै भाइचारा र आत्मियता साटासाट गर्ने गरिन्छ ।
२०६८ को जनगणना अनुसार इस्लाम धर्म मान्ने मुसलमानहरु ११ लाख ६४ हजार २ सय ५५ छन् । केही वर्ष अघि देखि इदका अवसरमा सरकारले सार्वजनिक विदा दिने गरेको छ । यसैबिच इदका अवसरमा राष्ट्रपति डाटर रामवरण यादव, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र विभिन्न राजनीतिक दलले इदका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
-जगन शर्मा
यो पनि पढ्नोस:
