कोशीले निलेको १४ जनाको अझै अत्तोपत्तो छैन

Read Time:2 Minute, 45 Second

सप्तकोशीनदीमा डुंगा पल्टदा वेपत्ता १४ जनाको तीन दिन बितिसक्दा पनि कुनै पत्तो लागेको छैन । उनीहरुको दैनिक विहानै देखि खोजि थालिए पनि कसैको पत्तो नलागेको इलाका प्रहरी कार्यलय रामपुर ठोक्सिलाका प्रहरी निरिक्षक महेन्द्र थापाले जानकारी दिएका छन् । दुर्घटनामा परि बेपत्ता भएकाहरु उदयपुरको कटुन्जे बबला गाबिस ७ का नारायण श्रेठ र सपना मगर, रामपुर ३ की मुना खड्का, सोही गाबिस १का जुरमान  राई , प्रभुमाया राइ ,रामपुर ३ कै कोपिला बिष्ट, प्रशान्त बिक , रोशिका खड्का ,मैनामैनी ९का टेकराज राई , भोजपुर डाडाँ बजारका अमृत बिक र एक चार बर्षीय बालक , गाइघाटकी राधिका चापागाइ , दिनेस चापागाइ , सुनसरीको बराहाक्षेत्र गाबिस स्थित चतराघाटवाट उदयपुरको मैनामैनी गाबिसको सोमबारेघाट तर्फ जादैगरेको ढुंगा सोमवार दिउसो दुर्घटना हुँदा  ३ जनाको  ज्यान गएको थियो । हराएका १५ जना मध्ये हिजो सुनसरी कालाबञ्जरका अर्जुन थापा भने सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

उदयपुरको रामपुर, ठोक्सीला, मैनामैनीका वासिन्दाहरु सप्तकोशी नदीमा पुल नभए पछि जोखिम मोलेर अत्याआवश्यक वस्तु किन्न सुनसरीको चतरा वजार आवतजावत गर्ने गर्दछन् । कोशी नदीको पुर्वी तटवन्ध भत्किए पछि वैकल्पीक मार्गकोरुपमा चतरा घाट हुदै सप्तकोशीमा पक्की पुल निर्माण नेपाल सरकारले गर्ने निर्णय गरे पनि अझै पुल निर्माण हुन सकेको छैन । पुल वनाउन भनेर काम थाले पनि कछुवागतिमा पुल निर्माण भईरहेको छ । यसले गर्दा पनि वर्षायाममा जोखिम मोलेर डुंगाको भरमा नदी वार पार गर्नुपर्ने वाध्यता उदयपुर वासीलाई छ ।

भैरब आङला, धरान

 फाईल तस्वीर : यो तस्वीर हिउद महिनामा खिचिएको हो । यसरीनै नियमित यस्तो जोखिम युक्त तरिकाले सप्तकोशी नदीमा डुंगा संचालन गर्ने गरिन्छ । यही डुंगा दुर्घटनामा परेको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %