तनहुँ १९ साउन ,
राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला समिति तनहुँद्धारा आयोजित बधाई तथा सम्मान कार्यक्रम शनिबार दमौलीमा सम्पन्न भयो । “राष्ट्रिय शक्ति निमार्ण तथा एकिकरण अभियान”का विभिन्न ६ घटकहरु राष्ट्रिय जनमुक्ति पार्टीसंग एकिकरण भइ समाहित हुन आएको अबस्थमा तनहुँमा विभिन्न नेताहरुलाई बधाई तथा सम्मान गरिएको हो ।
राष्ट्रिय जनमुक्ति पार्टी तनहुँका अध्यक्ष मन्धरी आलेको अध्यक्षता तथा पार्टीका केन्द्रिय बरिष्ठ उपाध्यक्ष शिवलाल थापाको प्रमुख आतिथ्यतमा सम्पन्न उक्त बधाई कार्यक्रममा नेपाल समता पार्टीबाट राष्ट्रिय जनमुक्तिमा समाहित भएका पार्टीका अध्यक्ष डि.एन. थापा र सोहि पार्टीकै महासचिव मानध्वज ब्लोन (तामाङ) र यसैगरि संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट राष्ट्रिय जनमुक्ति पार्टीमा समाहित भएका संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका स्थाई समिति सदस्य श्रीमती बुद्धश्री लामालाई तनहुँमा बधाई तथा सम्मान गरिएको थियो ।
संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट राष्ट्रिय जनमुक्ति पार्टीमा समाहित भएका मञ्चका स्थाई समिति सदस्य श्रीमती बुद्धश्री लामाले अन्तराष्ट्रिय महासंघसंग भएका विभिन्न महासन्धि, सन्धि सम्झौतालाई संविधानमै उल्लेख गर्नु पर्ने आवश्यक रहेको कुरा जोड दिए । राजमुपा बरिष्ठ उपाध्यक्ष शिवलाल थापाले ठूला दलका नेताहरुले देशलाई सिक्किमिकरणमा ढाल्दै गरेको र , नेताहरुले लेन्डुप दोर्जेको भुमिका निर्बाह गरिरहेको बताए । ठूला दलले देशको समस्या हल गर्न भन्दै बिदेशी इशारामा चलेकोले देशको सार्बभौमसत्ता खतरामा परेको र देश सिक्किमिकरण हुन थालेको बताएकाथिए । उनले मुलुकलाई निकास दिन खिलराज रेग्मिले तत्काल सर्वोच्च अदालतको प्रधान न्यायधिस पदबाट राजिनामा दिई असन्तुष्ट पक्षलाई समेटी चुनावी वातारण बनाउन आग्रह पनि गरे ।
उक्त कार्यक्रममा मगराँत राज्य परिषदका अध्यक्ष इन्द्र बहादुर मास्कि सचिव खड्क बहादुर आलेमगर तथा भर्खरै सम्मन्न भु.पु. सैनिक संगठनको केन्द्रिय महाधिवेशनबाट उपाध्यक्ष पदमा निर्वाचित क्याप्टेन खड्क बहादुर थापा लाई पनि प्रमुख अतिथिबाट खादा ओढाइ सम्मान गरिएकोथियो ।
तत्कालिन नेपाल समता पार्टीका केन्द्रिय महासचिव तथा हाल राजमुपाका उपाध्यक्ष मानध्वोज ब्लोन तामाङ, संघिय परिषदका सदस्य यामबहादुर बुढाथोकी, राष्ट्रिय युवा मोर्चाका केन्द्रिय सचिब लाल बहादुर गोतामे,नेपाल विद्यार्थी मोर्चाका केन्द्रिय अध्यक्ष पूर्ण बहादुर राना, मगराँत राज्य परिषदका अध्यक्ष इन्द्र बहादुर मास्कि लगायतकाले बोलेका थिए । कार्यक्रमको संचालन सचिव मिना थापा मगरले गरेकि थिईन ।
सिजन थापा र खडक आले मगरबाट
