नेपालगन्जमा फैलिए झाडापखाला,टाइफाइट बिरामीहरु

Read Time:5 Minute, 46 Second

नेपालगन्ज,२० श्रावण

यति बेला तराईका अधिंकाश क्षेत्रमा गरिबी ,अशिक्षा र सरसफाईको कमिले गर्दा मानिसहरुलाई ज्वरो, झाडापखला आँउ, टाइफाइट, छाला र हडडी सम्बन्धी रोगले ग्रसित बनाएको छ ।
    भेरी अञ्चल अस्पतालमा मात्र ज्वरो, झाडापखाला, आँउ, टाइफाइट, छाला र हडडी सम्बन्धी रोगको उपचारकालागि सयौं विरामीहरु अस्पताल आउने गरेको यहां स्थित कार्यारत डां संकेत कुमार रिसाल बताउंछन् ।
भेरी अञ्चल अस्पताल तथ्यांक शाखाकाका अनुसार यो आर्थिक वर्षमा स्वासप्रस्वास रोगबाट पीडित १ सय ६८ जना रहेको छ त्यसैगरी नवजात शिशु जन्मीएको २८ दिन भएकालाई उच्च ज्वरो आई उपचारमा आएका १ सय १७ जना रहेका छन् ।   निमोनिया बाट ग्रस्त भएका विरामीहरु ८५ जना रहेका छन् । मष्तिस्क लामखुट्टेको टोकाईबाट भएका विरामी ७० जना छन् ।

यसैगरी यता असार र श्रावन महिनामा मात्र विभिन्न ज्वरोबाट ग्रसित विरामीको संख्या १६ जना पुगेको छ । झाडापखालाबाट १२ जना विरामी उपचार गराएका छन् ।  नवजात शिशु जन्मीएको २८ दिनभित्रमा हुने उच्च ज्वरो भएका ४७ जना शिशुलाई उपचारकालागि भेरी अस्पताल ल्याएको थियो ।

डा. रिसालका अनुसार यो आर्थिक वर्षमा धेरै जसो विभिन्न ज्वरोका रोगीहरु अस्पतालमा आउने गरेको बताउंदै बांके जिल्लाको मात्र नभई, बर्दिया, दांग, सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, रुकुमलगायतका जिल्लाबाट विरामीहरु उपचारकालागि भेरी अञ्चल अस्पताल आउने गरेको बताए ।

    अस्पतालमा उपचारकालागि आउने अधिंकाश विरामीहरु मध्ये महिला र बालबालिका रहेको बताउंदै उनीहरुमा विभिन्न प्रकारको ज्वरो रोग देखिएको डा. रिसालले जानकारी दिए ।
 यता जिल्ला जनस्वास्थ्य कार्यालय बांकेको तथ्याक अनुसार यस आर्थिक वर्षमा ३ वटा प्रकोप तथा महामारी रोग फैलिएको तथ्यांकले देखाएको छ ।
 जिल्ला जनस्वास्थ्य कार्यालय बांकेका प्रमुख जिवन कुमार मल्लका अनुसार यस आर्थिक वर्षमा बांकेको बैजापुरमा भाइरल इन्फुल्जा रोग, नरैनापुर र नेपालगन्जमा झाडापखाला जस्ता डरलाग्दा महामारी रोग फैलिएको बताए ।
 
उनका अनुसार राप्ती डुबानमा परेका होलिया, गंगापुर मटैयाका बासिन्दामध्ये महिला र बालबालिकाहरु नै यस्ता रोग देखि पीडित भएको बताए । गरिबी, अशिक्षित र सरसफाईका कमिले गर्दा बांकेको नरैनापुरमा झाडापखालाबाट ४ सय जना विरामी परेका थिए । साथै  १ जना ८ वर्षको बालकको उपचारकै क्रममा मुत्यु भएको  जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मल्लले जानकारी दिए ।
त्यसैगरी बैजापुरमा बाइरल इन्फुल्जा रोग ज्वरो बाट १२ सय जना विरामी भएका थिए यस आर्थिक वर्षमा बाइरल रोग बढी भएतापनि समयमै औषधी उपचार भएपछि कसैको पनि मुत्यू हुन पाएन  हामीले समयमै औषधी उपचार पुराउन सफल भयौ प्रमुख मल्लको भनाई थियो । गर्मियामका कारण  झाडापखाला, आउ कलेरा जस्ता रोगले नेपालगन्ज नगरपालिकामा पनि अछुतो रहन सकेन ५ सय ३९ जना ब्यक्तिले  समयमै उपचार पाउन सफल भए ।
    ५ वर्ष मूनिका बालबालिका झाडापाखला बाट ग्रसीत ३८ जना थिए । नेपालगन्ज नगरपालिकाको १७ वटै जिल्लामा यो रोग प्रभावित भएको थियो तर जिल्ला जनस्वास्थ्यको पहलमा रोगलाई नियन्त्रणमा लिन सफल भएको छ । नेपालगन्जको खानेपानीमा किटाणु देखिएपछि धेरै जना खाने पानीका कारण विरामी भएका हुन् ।

प्रमुख मल्लका अनुसार किटाणु इकोलाई हो, मानिसका आन्द्रामा बस्ने गर्छ, जनावर, पानीको प्रदुषण, ढलको निकास नहुनुपनि मुख्य कारण भएको बताए । ढल र खाने पानीको पानी एकै ठाउंमा मिसिने या माटोको प्रदुषणले गर्दा यो रोग लाग्ने गरेको उनले बताए । नेपालगन्जको कतिपय हेण्डपाइपमा इकोलाई देखिने गरेको छ । सुरुमा इकोलाई १८० भएपनि हाल स्याम्पल जम्मा गरी पानी जांच गर्न कार्यालयले काठामाडौ पठाएपछि चेकजांचमा केही सुधार भएको मल्लले बताए ।
    डाक्टरका सल्लाहअनुसार यस्ता रोगबाट बच्नकोलागि खानपान, सरसफाई र शिक्षाको पहुंच हुन सके मानिस सधै निरोगी हुने बताएका छन् ।

दीपाआले,नेपालगन्ज
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %