सुनसरीको चतराबाट उदयपुरको रामपुर तर्फ जाँदै गरेको डुंगा दिउसो सप्तकोसी नदीमा पल्टिएको छ । करिव ९० जना यात्रु लिएर जाँर्दै गरेको डुंगा उदयपुर तर्फ घाटमा पुग्नै लाग्दा पल्टिदा २ जनाको मृत्यू भएको छ । करिव १२ भन्दा वढी वेपत्ता भएको प्रहरीले जनाएको छ । मृत्यू हुनेमा रामपुर ठोक्सिलाकी पार्वती खड्का र अर्काे एक जना महिलाको सव भेटिएको छ ।
एक जना महिलाको सनाखत भएको छैन । चार जनाको स्थानीयबासीले जीवीतै उद्धार गरेका छन् । वेपत्ताको खोजी कार्य भैरहेको प्रहरी चौकी चतराका असई धनवहादुर श्रेष्ठले जानकारी दिएका छन् । हराएका मध्ये केही सम्पर्कमा आएका छन । ढुंगामा अधिकांस सुनसरीको धरान स्थित पिण्डेश्वर वावाधाममा बोलबम मेला भरेर फर्कनेहरु रहेको अनुमान गरिएको छ । हराइरहेकाहरुको उद्धारका लागि सुनसरीको चतरा स्थित शसस्त्र प्रहरीको क्याम्पबाट शसस्त्र प्रहरीको टोली घटना स्थलमा पुगेको छ । त्यस्तै उदयपुरका प्रमुख जिल्ला अधिकारी , प्रहरी प्रमुख , अञ्चल प्रहरी कार्यालय धरानका एसएसपीको टोली र सुनसरी र उदयपुरका सुरक्षा टोली पनि घटनास्थल पुगेको थियो । अहिले पनि खोजी कार्य जारी रहेको छ ।
उदयपुरको मैनामैनी, रामपुर, ठोक्सीलाका वासिन्दाहरु सप्तकोशी नदीमा पुल नहुदा यसरी जोखिम मोलेर दैनिक आउजाउ गर्ने गर्दछन् । हिजो देखि सप्तकोसी नदीमा पानीको बहाब बढेको र डुंगामा क्षमता भन्दा बढि यात्रु चढेकाले दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ । डुंगा दुर्घटनाको वृस्तित विवरण अझै आईसकेको छैन ।
भैरब आङ्ला,धरान
सप्तकोशी नदीमा डुंगा पल्टिदा २ जनाको ज्यान गयो
Read Time:2 Minute, 14 Second
