चिनिया सहित ७ जना अख़्तियार हिरासतमा

Read Time:1 Minute, 0 Second

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तरहिन ट्रान्सफर्मर खरिद प्रकरणमा विद्युत प्राधिकरणका सहायक प्रबन्धकसहित ७ जनालाई हिरासतमा लिएको छ । अख्तियार प्रवक्ता श्रीधर सापकोटाका अनुसार भ्रष्टाचार प्रकरणमा प्राधिकरणका सहायक प्रबन्धक सुरेन्द्रप्रसाद पनेरु, सह–निर्देशक हरिशबहादुर पाल र सहायक प्रबन्धक मदनराज चापागाइलाई हिरासतमा लिइएको छ ।

 यस्तै इञ्जिनियर प्रज्ज्वल पाण्डे र भण्डार प्रमुख भरत रूपाखेती पनि अख्तियारको हिरासतमा परेका छन् । यसैगरी हुबई सनलाइट इलेक्ट्रिक कम्पनी लिमिटेड चीनका यु झेङ, कुइङ र जोउ यी तियानलाई पनि हिरासतमा लिइएको छ ।

आनन्द गुरुङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %