काठमाडौं २० साउन
काँक्रेविहारमा बुद्धको मुर्ति स्थापना गर्ने विषयमा सरकार बाधक नभएको सरकारपक्षको प्रतिक्रिया आएको छ । लामो समयदेखि काक्रेविहार घटनाको छानविन गरी बुद्धको मुर्ति स्थापना गर्न दिनुपर्दछ भन्ने जनजाति तथा काक्रेविहार सरोकार समितिको मागका विषयमा आईतबार भएको वार्तामा सरकारको यस्तो प्रतिक्रिया आएको हो ।
सरकारका तर्फबाट संस्कृतिमन्त्री रामकुमार श्रेष्ठ लगायत अन्य मन्त्रालयका मन्त्री तथा सचिवहरुको टोलीबाट आएको प्रतिकृया सकारात्मक रहेको नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्रकुमार कुमालले बताए । ‘बुद्धको मुर्ति राख्ने विषयमा अझै थप गृहकार्य गरेर पुनः एकपटक वार्तामा बसौ भन्ने सरकारी प्रतिक्रिया आएको छ ।’ अध्यक्ष कुमालले भने ।
सरकारले काक्रेविहारको विषयमा आफुहरु बाधक नभएको भन्दै थप गृहकार्य गरेर आउँदो आईतबार दिउँसो २ बजे जनजाति महासंघ तथा काक्रेविहार सरोकार समितिलाई फेरी वार्तामा बोलाएको छ । आज आईतबार भएको वार्तावार्तामा नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा काक्रेविहार सरोकार समितिका सदस्यहरु तथा जनजाति अगुवाहरुको उपस्थिती रहेको थियो ।
देव पचभैया
