संविधानसभामा एक जाति एक प्रतिनिधि माग

Read Time:1 Minute, 28 Second

दोस्रो संविधानसभा निर्वाचनको सदस्य संख्या पूरानै कायम गर्न माग गर्दै  नेपाल आदिवासी जनजाति महासंले उच्चस्तरीय राजनीतिक समितिलाइ ज्ञापनपत्र बुझाएको छ ।
मुख्य चार राजनीतिक दल सम्मिलित उच्चस्तरीय राजनीतिक समितिमासमेत संविधानसभा सदय संख्या कति बनाउन भन्ने विषयमा तिब्र बहस भइरहेका बेला महासंघले प्रत्यक्षतर्फ ४० प्रतिशत र समानुपातिकतर्फ ६० प्रतिशत सदस्य बनाउनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
महासंघले संविधानसभामा कम्तिमा एक जाति एक प्रतिनिधि र मन्त्रिपरिषदले मनोनित गर्ने सिटमा कुनै पनि जातिबाट नपरेकाहरुलाई मनोनित गर्नुपर्ने लगायतका माग राख्दै ज्ञापनपत्र बुझाएको हो । महासंघले यसअघि एकीकृत माओावादीका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष झलनाथ खनाललाई समेत ज्ञापनपत्र बुझाइसकेको छ ।
आनन्द गुरुङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %