नेपाल मगर विद्यार्थी संघका केन्द्रिय महासचिव बलवीर बुढामगरले मगर पहिचानको मुद्दालाई राजनीतिक दलहरुले विर्सन नहुने बताएकाछन । उनले एतिहासिक पृष्ठभुमिको आधारमा मगर लगायत आदिवासी जनजातिहरुले उठाएको मगरातलाई दलहरुले आत्मसात गर्नुपर्नेमा जोड दिए ।
नेपाल मगर विद्यार्थी संघ, पाल्पाको आज आठौ जिल्ला अधिवेशन र एस.एल.सी सम्मान कार्यक्रममा प्रमुख अतिथि रहेका बुढामगरले मगर लगायत आदिवासी जनजातिहरु अव आफनो साझा मुद्दा र पहिचानलाई स्थापित गराउन एक ढिक्का भएर लाग्नु पर्नेमा जोड दिए ।
नेपाल मगर संघका केन्द्रीय सदस्य मीना थापाले मगर विद्यार्थीहरु अव शैक्षिक विभेदको अन्त्य संग समाजिक, सांस्कृतिक परिवर्तनमा अगाडि बढ्नु पर्ने बताईन । मगर विद्यार्थी संघका सल्लाहकार टोप अस्लामीले मगर लगायत आदिवासी जनजातिहरुमा ज्ञान पक्ष भन्दा आदत पक्ष हावी भएका कारण आफनो माग र मुद्दाको सम्वोधन हुन नसकेको बताए ।
नेपाल मगर विद्यार्थी संघ, पाल्पाका अध्यक्ष धनि सारुको अध्यक्षता र शम्सेर सारुको सञ्चालनमा भएको कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय सदस्य गम बहादुर थापा, नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य प्रेम सोमै, संगीता थापा, नेपाल मगर संघ, पाल्पाका अध्यक्ष बल बहादुर गाहा, नेपाल मगर संघका सल्लाहकार बल बहादुर राना, नेपाल मगर विद्यार्थी संघका सल्लाहकार ओम घर्ती, नेपाल मगर विद्यार्थी संघका कानुनी सल्लाहकार डोलख रासकोटी, अनिज पाल्पाका हरि बहादुर सारु, नेपाल मगर युवा संघका केन्द्रीय कोषाध्यक्ष तिलक खाम्चा, सम्मानित विद्यार्थीहरु सुर्य बहादुर कँवरमगर, असीम रुचाल मगर लगायतले राजनैतिक मुद्दाको रुपमा मगर लगायत आदिवासी जनजातिहरुको मुद्दा उठाउन गर्नु पर्ने विचार राखेका थिए ।
कार्यक्रममा २०६९ सालको एस.एल.सी परिक्षामा विशिष्ट श्रेणीमा उत्तिर्ण २६ जना विद्यार्थीलाई सम्मान गरियो । संघको आठौं जिल्ला अधिवेशनको अवसरमा उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको हो । विद्यार्थीहरुलाई प्रमुख अतिथि बलवीर बुढा, नेपाल मगर संघका केन्द्रीय सदस्य मीना थापा, संघका जिल्ला अध्यक्ष धनि सारु लगायतले प्रमाण पत्र, मेडल र रातो टिका लगाएर सम्मान गरेका थिए ।
समान हुनेहरुमा बेथल बोर्डिङ्ग स्कुलका ओमन दर्लामी, मेहरमान थापा, सुमन गाहा, असिम राना, केसिका सारु, अविशा कनौजे र सृजन थापा रहेका छन भने रिभरभ्याली स्कुलबाट छविराम राना, आशा थापा, ईमान अस्लामी र राज कुमार चिदी रहेका छन । त्यस्तै शारदा उच्च मा.विका लक्ष्मी सारु, मातृभुमि उच्च मा.विका सुर्य बहादुर कँवर, रम्भा उच्च मा.विका उत्तम ढेंगा, पाल्पा आवासियका सुमन सारु, जनविकास उच्च मा.विका खड्क बहादुर राना रहेका छन । उता सौभाग्य उच्च मा. वि का टीकाराम गहा, सेन्टक्यापितानीका कृष्ण गाहा, न्यु होराइजनका प्रेम थापा, लेकनाथ राना, करुणा राना, समिना गाहा,दीप बुढाथोकी रहेका छन भने जनता उच्च मा.विका गीता अस्लामी, धना थापा र पुजा अस्लामी रहेका छन ।
देव पचभैया,पाल्पा
