भनिन्छ प्रेम र राजनितीमा विश्वास हुदैन । जे पनि हुन सक्छ । धोका हुन सक्छ । आत्महत्या हुन सक्छ । विछोड हुन सक्छ अथवा यसो भनौ नसोचेका कुराहरु हुन सक्छन् । यसलाई नै वास्तवमा प्रेम र राजनीति भनिन्छ । नेपाली राजनैतिक भुमीमा युवा पुस्ताले अतिनै रुचाएका लोकप्रिय नेताको रुपमा परिचय वनाएका युवा नेता हुन गगन थापा । आशाको केन्द्रविन्दु, आखाँको ज्योती, भरोसाको वाटो, विश्वासको पात्र, क्षमताको उचाई, जुझारु ब्यक्ति, प्रष्ट बक्ता हुन उनी । नेपाली कांग्रसले गणतन्त्र र लोकतन्त्रको अर्थ नबुझी सकेको अवस्थामा आफ्नो पार्टीलाई अर्थ बुझाउन खोज्ने नेता पनि हुन गगन थापा । गणतन्त्र र लोकतन्त्रको पक्षपाति, गणतन्त्र र लोकतन्त्रको आवाज उठाउने युवा नेता हुन उनी । नेविसंघको पोखरामा भएको महाधिवेशनमा गणतन्त्र र लोकतन्त्रको आवाज उठाउँदा उनलाई नेपाली कांग्रेसको एउटा परिचालित समुहका ब्यक्तिहरुबाट हातपात, ढुंगाले हान्ने प्रयास गरेका थिए भन्ने समाचार पढ्न पाउँदा हामीलाई अति दुःख लागेको थियो ।
उनले युवाहरुलाई ठाउँ दिनु पर्छ ६० वर्ष भन्दा माथिका नेताहरुले राजनीतिबाट सन्यास लिएर बस्नुपर्छ भन्ने धारणाहरु राख्दै आईरहेकाछन् । उनको यस्तो अग्रागामी आवाज नेपाली जनताको निम्ति स्वागत योग्य पक्कै पनि छ । देशलाई निकास दिन नसक्ने नेतृत्वपंक्तिमा रहेका सवै पार्टीका नेताहरुले उनको आवाजलाई सुन्ने मात्र हैन प्रयोग गर्नुपर्दछ । उनकै वोलीलाई जस्ताको तस्तै लेख्ने हो भने, दलहरु भनेको गुटहरुकोसंघ जस्तो भएको अवस्थामा उनले उठाउँदै आएको मुद्वालाई सबै नेपाली जनताले स्वागत गरिरहेको थियो तर पछिल्लो समयमा उनले मिडियाहरुमा दिएका अभिब्यक्तिहरुले अन्योल मात्र हैन विश्वासलाई अविश्वासमा परिणत गरिदिएकोछ ।
{youtube}hhttp://www.youtube.com/watch?v=pG1dfCfP50g{/youtube}
माथिनै भनियो प्रेम र राजनीतिमा विश्वास हुदैन भनेर । उनले नेपाली जनतालाई, विशेष गरेर आदिवासी जनजाति समुदाय र मधेसीहरुलाई धोका दिएको अभिब्यक्तिहरु मिडीयाहरुबाट सेतो हिमालको तस्विरहरु जस्तो प्रष्टै देखिए । उनले मिडियाहरुमा भने, “पहिचान सहितको संघियता मलाई मान्य हुने छैन” । जाति, भाषा र ऐतिहासिक पहिचानको आधारमा राज्यको पुनरसंरचना म कुनै पनि हालतमा हुन दिन्न यसले देश टुक्रयाउँछ । आदि प्रकारका अभिब्यक्तिहरु दिदै भनेका छन्, “मेरो पुख्यौली थलो सोलुखुम्बु हो” । त्यहाँ शेर्पा राज्य भयो भने, म त्यहाँ २ नम्बरको नागरिक हुने भए । काठमाण्डौ आएर म वसोबास गरिरहेको छु । काठमाण्डौलाई नेवा राज्य बनाएको खण्डमा त्यहाँ पनि म २ नम्बरको नागरिक हुने भए । यो मलाई स्विकार्य छैन । यो कुनै पनि हालतमा हुन दिन्न । पहिचान केलाई भनिन्छ भन्ने प्रश्नहरु उठिरहेको अवस्था हो । नेताजीहरुलाई पहिचानको अर्थ थाहा नहुनु या थाहापाएर पनि नजान्ने जस्तो गर्नु कतिको जायज छ ?
गगनजीको जातको पहिचान हो क्षेत्री, धर्मको पहिचान हो हिन्दु, भाषाको पहिचान हो नेपाली र उनको भुगोलको पहिचान हो खसान । असोक राईको जातको पहिचान हो राई, धर्मको पहिचान हो किरात, भाषाको पहिचान हो किरातराई, भुगोलको पहिचान हो, खम्बुवान-किरात । कुमार लिङ्देनको जातको पहिचान हो लिम्बु, भाषाको पहिचान हो किरात-लिम्बु भाषा, भुगोलको पहिचान हो लिम्बुवान । सुरेस आले मगरको जातको पहिचान हो मगर, भाषाको पहिचान हो मगर भाषा, धर्मको पहिचान हो बुद्व, भुगोलको पहिचान हो मगरात । राजेन्द्र श्रेष्ठको जातको पहिचान हो नेवार, भाषाको पहिचान हो नेवाभाषा, धर्म हो गैर हिन्दु, भुगोलको पहिचान हो नेवा । डा।हर्क गुरुङ्गको जातको पहिचान हो गुरुङ्ग, भाषाको पहिचान गुरुङ्ग भाषा, धर्मको पहिचान हो बुद्व, भुगोलको पहिचान हो तमुवान । प्रचण्डको जातको पहिचान हो दाहाल-बाहुन, भाषाको पहिचान हो नेपाली, धर्मको पहिचान हो हिन्दु, भुगोलको पहिचान हो खसान । झलनाथ खनालको जातको पहिचान हो बाहुन, भाषाको पहिचान हो नेपाली, धर्मको पहिचान हो हिन्दु, भुगोलको पहिचान हो खसान । सुशिल कोईरालाको जातको पहिचान हो वाहुन, भाषाको पहिचान हो नेपाली, धर्मको पहिचान हो हिन्दु, भुगोलको पहिचान हो खसान । यी एकल पहिचानका केहि उदाहरणहरु हुन् ।
वाहुनहरुको एकल पहिचान वाचिरहेको मात्र छैन देशमा हालीमुहाली गरिरहेको अवस्था छ । प्रचण्डको नेपाली भाषा राष्ट्रिय भाषा हुन पर्ने ! उनको हिन्दु धर्म राष्ट्रिय धर्म हुन पर्ने !उनको भुगोल नेपाल अधिराज्य हुन पर्ने र उनको चाडहरुमा सरकारी कार्यलयहरु सबै बन्दा हुने! असोक राईको धर्मको पहिचान कहाँ छ ? कहाँ छ उसको भाषाको पहिचान ? कहाँ छ उसको भुगोलको पहिचान ? कहा छ उसको जातको पहिचान ? नाममा मात्र सिमित रहेकोछ । ब्लाक वोर्डमा नेपाली पढाउने शिक्षकले चकले राई लेखेर छाडी दिए जस्तो । राई जातिको महान चाड साकेला उभौली उधौली मनाउन असोक राईको छोरीले स्कूलमा शिक्षकलाई कारण खुलाई पत्रचार गर्नपर्ने अथवा गयल हुनु पर्ने । असोक राईको छोरीले प्रचण्डको महान चाड दशैमा चाहि स्कूल जान नपाउने । जान्छु भनेपनि स्कूल सबै वन्द हुने । यो कहाँ सम्मको पहिचानको न्याय हो रु प्रचण्ड जी, गगन जी, झलनाथ जी, सुसिलजीहरुलाई आदिवासी जनजातिहरुले गरिरहेको यहि प्रश्न हो ।
सिधै अलिक ठाडो भाषामा भन्ने हो भने सदियौ वर्ष अघिदेखि बाहुनहरुले घुमाउरो तरिकाले आफ्नो एकल पहिचान देशमा लादिरहेको अवस्था हो । नयाँ संबिधानमा एकल पहिचान सहितको संघीयता राख्नै हुन्न भनेर संबिधानसभा विगटन गर्ने यो कतिको न्यायपुर्ण काम थियो ? एकात्मकवादीहरुले भन्ने गरेका छन्, “देशमा १०० भन्दा धेरै जात जातिहरु छन सबैलाई तेसो भए राज्य दिने ?”
हाम्रो भनाई हो १०० भन्दा धेरै जातीहरुका आ–आफ्नै प्रकारका पहिचानहरु छन् भने जनसंख्याको अथवा भुगोलको आधारमा, भाषा, धर्म आदिको आधारमा उनीहरुको पहिचानलाई वचाउन राज्यले पहल गर्नु पर्दछ । १०० भन्दा धेरै जातीहरुको भाषाको पहिचान नेपाली, धर्मको पहिचान हिन्दु छ भने उनीहरुको भुगोलको पहिचान हो सखान । गगनजीहरुले कुतर्क गर्दै मिडीयाहरुमा भनिरहेका छन एकल पहिचान सहितको संघियताले देश टुक्रयाउँछ तर उनीहरुले एकल रुपमा राज्य चलाई रहदा देश नटुक्रिने । अन्य जात जातिले पहिचान माग्दा चाहि देश टुक्रिन्छ भनी कुतर्कहरु गरिहेका छन् उनीहरु ।
एकात्मक राज्य ब्यवस्थाले हामीलाई हाम्रो भाषा माग्यो । हामीले हाम्रो भाषा दिर्यौ । हाम्रो संस्कृति माग्यो संस्कृति दियौ । हाम्रो माटो माग्यो माटो दियौ । हाम्रा पुर्खाहरुले त्यो वेलामा सोँचेका थिए, “हामीले यी हाम्रा स्वामित्वमा रहेका चिजहरु दिँदा नेपाललाई उनीहरुले समृद्वसाली बनाउँछन् भनेर” । तर अहिले आएर हाम्रो नेपाल राष्ट्रलाई कुनै राष्ट्रको प्रान्त जास्तो वनाउन लागेको विषम परिस्थिती हाम्रो अगाडी खडा भएको छ । राता कमिलाहरुले खन्युको सुरिलो विरुवालाई भित्र भित्र खाएर ढाले जस्तो हाम्रो पहिचानलाई पनि ढाल्न लागेको अवस्था छ । केन्द्रिय कारागरमा सजाय भोगीरहेको भुपु मन्त्री सलीन मीयाँ अन्सारीको छोरो युनुस अन्सारीलाई अज्ञात ब्यक्तिद्वारा गोली हानीन्छ । सबै नेपालीले केहि समय मौन भई साँेचौ देशको अवस्था कस्तो छ ?
उच्च जातिले, एकात्मक रुपमा देशलाई चलाई रहँदा आदीवासी जनजातिहरु रमिते भएर हेरिरहे । उनीहरुले धेरै बर्ष धैर्य गरे । उच्च जातिले एकल रुपमा राज्य चलाए । उनीहरुको एकल पहिचानले किन देश टुक्रिएन ? किन खसानमा सबै प्रकारका जातजातिहरु वसिरहेका छन् ? उनीहरुले नै नेपाल राज्य चलाईरहेको छ । किन नेपाल राज्य टुक्रा टुक्रा भएन ? यी यस्ता तमाम प्रश्न एकात्मकवादीहरुलाई आदिवासीले गरिहेका छन् । जनजातिहरुले जातीय राज्य मागिरहेकोछ भनेर अर्को कुतर्क गरिरहेका छन् गगनजीहरु । जातीय राज्य कुनै पनि आदिवासी जनजातिहरुको माग हैन । यो जनजातीहरुलाई लगाईएको गम्भिर आरोप हो । आफ्नो पहिचान मागीरहेको अवस्था भने पक्का हो । जातीय राज्य मागेको भए लिम्बु राज्य, गुरुङ्ग राज्य भनिन्थो तर किन लिम्बुवान, तमुवान भनियो रु यो कुरो वुझ्न नितान्त आवश्यक छ गगनजीहरुले । वान भनेको ल्याण्ड हो । जस्तो उदाहरण संयुक्त अधिराज्य वेलायतमा ईगल्याण्ड भनियो किन ईगलीस राज्य भनिएन ? किन स्कट ल्याण्ड भनीयो किन स्कटीस् राज्य भनिएन ? नरदरआईल्याण्ड भनियो किन आईरिस राज्य भनिएन ? ल्याण्ड भनेको भुमी माटोसंग जोडिएको पहिचानको साईनो हो ।
गगन थापाले मिडियाहरुमा पहिचान सहितको संघियता मलाई मान्य हुने छैन, जस्ता अभिब्यक्तिहरु राख्दै आएको कारणले एकल पहिचान सहितको संघियतामा विश्वास राख्ने वेलायतवासी नेपालीहरु र आदिवासी जनजातीले उठाउदै आएको मुद्वालाई सधै साथ सहयोग गर्न तत्पर भईरहेका नेपालीहरुले उनलाई कालो झण्डा देखाएको कारण मध्यको एउटा कारण थियो । जव सबै जातजातिको पहिचानको सुनिश्चित हुन्छ त्यसपछि मात्र वहुल समाजको निर्माण हुने भएकोले गगन थापा वहुल समाज निर्माण गर्न नचाहने ब्यक्तिको प्रतिक भई मिडीयाहरुमा आएको कारण पनि वेलायतमा उनलाई कालो झण्डा देखाईएको पहिलो कारण थियो ।
गगन थापाले च्यारेटि डिनरमा सम्बोधन गर्ने समाचार बाहिर आएपछि गगन थापालाई आदिवासी जनजाति महासंघको नेतृत्वमा कालो झण्डा देखाउनु पर्छ भन्ने चौतर्फि दवाव आएको थियो । महासंघको मुद्वा पनि पहिचान सहितको संघीयता नै हो । च्यारेटि डिनरमा उपस्थित गराएपनि उनलाई मन्तब्य राख्न नदिएमा राम्रो हुन्छ भन्ने आसाय थियो सबै संघीयता पक्षधरसंघ संगठनहरु र आदिवासी जनजाती महासंघ वेलायतको । एनआरएनए वेलायतका अध्यक्ष कुल आचार्यलाई फोनमा सम्पर्क गरि उक्त कुरो पनि महासंघको महासचिवको हैसियतमा राखको थिए । अध्यक्षले भने, “मिटीङ्गमा पारित गरि सकिएकोले उनले सम्बोधन गर्ने कार्यक्रम हटाउन नसकिने तर्क राखेका थिए” । गगन थापालाई वोल्न नदिनुहोस् भनी विरोधमा उत्रिएका संघसंगठनहरुले उक्त कार्यक्रमलाई विफल बनाउने मनासय कदापि पनि थिएन । गगन थापालाई महासंघको विरोध पत्र बुझाउन दिने एन।आर।एनले महासंघको अध्यक्ष श्रीप्रसाद लीम्बुसंग कसम खाएको थियो । कार्यक्रम उदघोषक तथा एनआरएनए वेलायतका संयोजक राम शरण सिम्खडालाई सोधेको थिए “कतिवेला महासंघको विरोधपत्र वुझाउने समय आउँछ” भनी । उनले मलाई भने, “अध्यक्षलाई सोध्नु पर्छ” । त्यसको अर्थ थियो महासंघले गगन थापालाई विरोधपत्र वुझाउने समय एनआरएनको कार्यक्रम तालिकामा राखिएको थिएन ।
केहि वक्ताहरुको मन्तब्यपछि कार्यक्रमका बिशेष अथिति गगन थापालाई महासंघको विरोध पत्र बुझाउने समय नदिई मंचमा मन्तब्य राख्न बोलाएपछि आदिवासी जनजातिहरुले कालो झण्डा देखाउनुको दोस्रो कारण थियो ।
कार्यक्रमका उद्घोषकले मंचबाट वेलायतका सबै मिडियाहरुको नाम उद्घोष गरिनु, नेपाल पत्रकार महांसंघ लगायत सबैलाई अथितिको रुपमा वोलाईनु तर जनजाति पत्रकार महासंघलाई पत्रचार पनि नगरिनु र त्यहाँ नाम सम्म नलिनु । के थियो एनआरएनको यसको अर्थ रु एक लाख विस हजार भन्दा धेरै आदिवासी जनजातिहरुको साझा संगठनका अध्यक्ष श्रीप्रसाद लिम्बुलाई अथितीको रुपमा नस्विकार्नु । त्यहा वोल्ने अधिकांश एनआरएनका बक्ताहरुले जय नेपाल शब्दको उच्चारण गर्नु । के थियो त्यो सब रु एनआरएनए वेलायतका अध्यक्ष कुल प्रसाद आचार्यलाई अध्यक्षको नाम लेखिएको माला लागाई दिदाँ मंगल धुन वजाउनु । गोरे बहादुर खपाङ्गी, आङ्गकाजी शेर्पा, मिना गुरुङ्ग, एमएस थापा मगर, अन्चल राई वेलायतमा आउँदा एनआरएनए वेलायतले कहिल्यै मन्च दिन मानेन । उनीहरुलाई मंच प्रदान नगर्नुका ५ वटा अर्थहरु थिए ।
१। जय नेपाल शब्दले एनआरएन वेलायत नेपाली कांग्रेसको भात्रृ संगठन जस्तो देखिनु ।
२। मंगल धुन वजाएर एनआरएन वेलायतले हिन्दुकरण गर्न खोज्नु ।
३। आदिवासी जनजाति महासंघका अध्यक्षलाई अथितीको रुपमा नस्विकार्नु र आदीवासी जनजाति पत्रकारसंघका अध्यक्ष पुर्ण गुरुङ्गको नाम नलिनु ।
४। एनआरएन वेलायत पहिचान सहितको संघियता विरोधी जस्तो देखिनु ।
५। एकलाख बिस हजार आदिवासी जनजातिको अपमान गरिनु ।
यस्ता कारणहरुले उपस्थित आदिवासी जनजातीहरु झनै आक्रोसित भई कालो झण्डा देखाएका थिए । गगन थापालाई फेरी पनि वोल्न दिने बुझेपछि आक्रोसित आदिवासी जनजातिहरुले हल वहिसकार गरेका थिए । कार्यक्रमका विशेष अथिती, पुर्व सभासद, नेपाली कांग्रेसका युवा नेतालाई कालो झण्डा देखाईनु विशेष कारणहरु तिनै थिए ।
(लेखक आदिवासी जनजाति महासंघ बेलायतका महासचिव हुन)
सम्बन्धित समाचार-