दलहरुलाई झगडा नगर्न अमेरिकी राजदुतको उपदेश

Read Time:1 Minute, 35 Second

अमेरिकी राजदुत पिटर डब्लु वोड्डेले नेपालको विकासका लागि राजनीतिक सुधार र एकताको खाँचो रहेको औल्याएका छन् । बोड्डेले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको पत्रकार भेटघाट कार्यक्रममा त्यस्तो खांचो औल्याएका हुन् । आगामी मंसिर ४ गते हुने संविधान सभाको चुनावमा राजनीतिक दल र नेपाली जनता मिलेर अघि वढ्नुपर्ने सुझाव दिदै राजदुत वोडडेले चुनावको लागी जनताले पनि सरकारलाई साथ दिदै जानुपर्ने आवश्यकता औल्याए ।
नेपालको भविष्य उज्जल रहेपनि राजनितिक अस्थिरताको कारण विकास निमार्ण हुन नसकेको वताउदै राजदुत वोडडेले राजनितिक दलहरु विच देखीएको विवादको कारण चुनावमा असर पर्न सक्ने अवस्था रहेकोले विवाद गर्ने सवै दलहरुलाई बिवाद नगर्न अनुरोध समेत गरे ।


 नेपालको राजनीतिमा केहि विवाद देखिएकोले विवादको कारण जनताहरुमा निराश छाँउदै गएको बताउदै उनले अघिल्लो चुनावमा महिलाहरु प्रथामिकतामा परेको भन्दै आगमी चुनावमा पनि यसरी नै प्रथामिकता दिनुपर्ने बताए ।
भैरब आङ्ला, धरान

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %