चुनाव हुने छाँटकाँट बढ्दैछ

Read Time:9 Minute, 46 Second

 

अन्तरिम चुनावि मन्त्रिपरिषदको गठन संगै आफ्नो असन्तुष्टि जनाउदै आएको नेकपा- माओवादीले बर्तमान सरकारले मंसीर चारका लागि घोषणा गरेको चुनावको पनि विरोध गरिरहेकोछ । माओवादीले रत्नपार्कमा मतपेटीका फुटाएर चुनाव विरोधि आन्दोलनको घोष्णा गरेकोथियो । सरकार र चार दलले पटक पटक औपचारिक वार्ताकालागि आग्रह गर्दा नमानेको नेकपा माओवादी अहिले भने कहि लचिलो वन्ने देखिएको छ ।
विना सर्त वार्ता चाहेको वताउदै आएको माओवादीले वार्तामा आउन सरकारले पठाएको दोस्रो पत्रलाई सकारात्मक रुपमा लिएको बताएकोछ । सरकारले बुधवार नेकपा -माओवादी मार्फत् संवद्ध मोर्चालाई बार्ताको आह्वान गरेको थियो । गृहमन्त्री तथा सरकारी वार्ताटोलिका संयोजक माधवप्रसाद घिमिरेले माओवादी अध्यक्षलाई सम्बोधन गरी वार्तामा आउन आह्वान गर्दै लिखितपत्र पठाएका थिए ।
मुलुकका समस्या वार्ता, सम्वाद र छलफलबाट नै समाधान हुने कुरामा नेपाल सरकार विश्वस्त रहेको पत्रमा उल्लेख गरिएको छ । नेकपा–माओवादीसहित उसले पठाएको पत्रमा उल्लेख भएका अन्य दलहरुलाई वार्तामा सरकारले पुनःआमन्त्रण गरेको हो । चुनाव हुन नदिने बताउँदै आएको माओवादीका महासचिव रामबहादुर थापाले साउन ११ गते सरकारलाई पत्र लेखी सर्त सहितको वार्तामा नबस्ने जानकारी गराएका थिए । यसपछि सरकारले कुनै शर्त उल्लेख नगरी फेरि पत्र लेखेको हो ।
सरकारको पत्रलाई नेकपा–माओवादीले सकारात्मक रुपमा लिएकाले माओवादी पनि चुनावमा आउन चाहेको देखिन्छ । निशर्त वार्तामा बोलाइएकाले सकारात्मक रुपमा लिइएको माओवादी प्रवक्ता पम्झा भुषालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यसअघि साउन ४ गते सरकारले वैद्य समूहलाई वार्तामा आउन पहिलोपटक पत्राचार गरेको थियो । उच्च स्तरीय राजनीतिक संयन्त्रका अध्यक्ष पुष्पकमल दाहालले पनि वार्तामा आउन आग्रह गर्दै यसअघि पत्र लेखिसकेकाछन् ।
 यता नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाले जनताको लोकतान्त्रिक अधिकारको रक्षाका लागि निवार्चन अपरिहार्य भएकाले नेकपा माओवादी चुनावमा आउने वताएका छन् । नेपाल विद्यार्थी संघको मध्यपश्चिम क्षेत्र स्तरीय भेलाको बुधबार नेपालगञ्जमा उद्घाटन गर्दै सभापति कोइरालाले चुनावका माध्यमबाट मुलुकलाई निकास दिनुपर्ने भएकाले नेकपा माओवादी चुनावमा आउने विश्वास लिएकाहुन् । कोइरालाले चुनाबी प्रकृयासंग असन्तुष्ट नेकपा–माओवादी लगायत दलसंग बार्ता गरि चुनावि प्रकृयामा सहभागी गराउनका लागि अधिकतम प्रयास गरिने बताए ।


कम्वोडियाको भ्रमण सकेर नेपाल फर्कीएका नेकपा एमालेका नेता केपी शर्मा ओलीले पनि नेकपा माओवादी चुनावि प्रकृयामा आउने दाबी गरेकाछन् । निर्वाचनमा सहभागी हुने विषयलाई शर्तका रुपमा अघि सारेर नेकपा–माओवादीले निहुंँ मात्र खोजेको नेता ओलीको जिकीर छ । ओलीले नेकपा माओवादीलाई निर्वाचनमा सहभागि नहुन पाउने संवैधानिक स्वतन्त्रता भएको पनि बताए । तर सबै दललाई सहमतिमा ल्याएर निर्वाचन गर्न खोजेकाले आफूहरुले माओवादीसंग पनि तत्काल वार्ता प्रक्रिया अघि बढाईने उनको भनाई थियो । नेता ओलीले निर्वाचनमा भाग नलिएपनि चुनाव भाँड्ने अधिकार कसैलाइ नभएको बताएर चुनाव विरोधि गतिविधि रोक्न माओवादीलाई आग्रह गरेकाछन् । कम्बोडियाको निर्वाचनबाट नेपालले पनि पाठ सिक्नुपर्ने नेता ओलीको भनाई थियो ।

विहिवार नै राष्ट्रपति डाक्टर रामवरण यादवले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई चुनावि प्रकृयाका विरुद्ध लागेका दललाई वार्तामा ल्याउने पहललाई गम्भिर र फलदायी वनाउन आग्रह गरेकाछन् । राष्ट्रपति डाक्टर रामवरण यादवले राजनीतिक दलका नेताहरुसँग निर्वाचनका बारेमा चासो राखेकाहुन् । मंसीर चार गते हुने निर्वाचनको तयारीका विषयमा राष्ट्रपति यादवले दलका नेताहरुसँग चासो राखेकाहुन् । राष्ट्रपति डा। रामवरण यादवले नेकपा–माओवादीलाई वार्तामा ल्याउन गम्भिर भएर लाग्न उच्चस्तरीय राजनीतिक समितिलाई आग्रह गरेकाहुन् । उनले चुनावी वातावरण निर्माण तर्फ सबै ध्यान लगाउन आग्रह गरेका थिए ।
 विहीबार विहान समिति संयोजक एवं एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई शीतल निवास बोलाएर राष्ट्रपतिले त्यस्तो आग्रह गरेका राष्ट्रपति कार्यालयले जनाएको छ । केही दिनयता निरन्तर राजनीतिक छलफलमा रहेका राष्ट्रपति यादवले पुष्पकमल दाहाललाई असन्तुष्ट पक्षलाई चिढाउने अभिव्यक्ती नदिन पनि सचेत गराएका थिए । जवाफमा अध्यक्ष दाहालले राजनीतिक समिति मार्फत वार्ताका लागि पहल भैरहेको भन्दै छिट्टै नेकपा माओवादीसँग वार्ता हुने विश्वास व्यक्त गरेका थिए । यस्तै राष्ट्रपति यादवले एमाले नेता माधव नेपालसँग समेत निर्वाचन र उनको भारत भ्रमण बारे चासो राखेका थिए । उनले एमाले निर्वाचनको तयारीमा लागि सकेको भन्दै असन्तुष्ट दलहरुलाई समेत सहमतिमा ल्याउने बताएका थिए । भेटमा नेता नेपालले आफ्नो भारत भ्रमणका बारेमा समेत जानकारी गराएका थिए । नेपालमा निर्वाचन भएर राजनीतिक निकास निस्कनु पर्ने भारतको चाहना भएको आफुले पाएको बताएका थिए ।
 यस अघि निर्वाचन गराउने सर्वोच्च निकाय निर्वाचन आयोगले साउन सातवाट लागु हुने गरि निर्वाचन आयोग ऐन २०६३ को दफा २८ बमोजिम आचारसंहिता ल्याईसकेको छ । आयोगले जारि गरेको आचारसंहितामा दोस्रो संविधानसभाको चुनावलाई स्वच्छ, स्वतन्त्र, निश्पक्ष, पारदर्शी र विश्वसनिय तरिकाले सम्पन्न गर्नकालागि संसोधन सहित यो आचारसंहिता ल्याईएको बताएको छ । आयोगले आचारसंहिताले चुनावि वातावरण वनाउन सहयोग गर्ने दाबी समेत गरेको छ । तर चुनाव विरोधि आन्दोलनको नेतृत्व गरिरहेको नेकपा माओवादी लगायतका केहि दलहरुले दल दर्ता समेत गराएका छैनन् । नेकपा माओवादी सहित चुनाव विरोधि आन्दोलनरत ३३ दलले चारदलले नै चुनाव नचाहेको आरोप लगाउदै सर्त सहितको बार्तामा नजाने वताउदै आएका थिए । नेकपा माओवादीले अध्यक्ष मोहन बैद्य नेतृत्वमा विना शर्त वार्ता गर्ने भन्दै बार्ता समिति वनाएको थियो । समितिमा अध्यक्ष बैद्य सहित उपाध्यक्ष सिपी गजुरेल, महासचिव रामबहादुर थापा सचिव देव गुरुङ र नेत्रविक्रम चन्द । चार दलिय संयन्त्रले गोलमेच सम्मेलन गर्न सकिने प्रस्ताव पछि यो समिति वनेको थियो । सरकारले दोस्रो पटक वार्ताका लागि पत्र पठाए नि पनि दुई शक्तिका आ आफ्ना दाबी कायम छन् । चार दलीय समिति यहि सरकारले तोकीएकै मिति मंसिर चारमा चुनाव गर्ने शर्तमा माओवादी संग वार्ता गर्न चाहेको छ भने ३३ दलिय मोर्चा चाँहि गोलमेच सम्मेलनवाट राजनीतिक सरकार वनाएर त्यो सरकारले चुनाव गर्नुपर्ने अडान र दाउमा छ ।
जगन शर्मा, काठमाण्डु

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %