मगर कविहरुको जमघट अब तनहुँमा

Read Time:1 Minute, 56 Second

मगर भाषाको इतिहासमै पहिलोपटक कविता यात्रा हुने भएको छ । नेपाल मगर भाषा तथा साहित्य विकास केन्द्र पश्चिमाञ्चल समितिको आयोजनामा यही साउन १९ गते तनहुँको भीमाद बजारमा  मगर भाषाको कविता यात्रा आयोजना गरिन लागेको केन्द्रका अध्यक्ष मेजन पुनमगरले जानकारी दिए ।
भीमाद ग्रामीण तालिम केन्द्रको हलमा हुने मगर भाषा कविता यात्रामा चार जना चर्चित मगर भाषाका कविहरू रूद्रबहादुर हितानमगर, रूद्र ‘सन्देश’ मगर, रूद्रबहादुर श्रीसमगर र पूर्ण थापामगर ‘सुगा’सहित अन्य स्थानीय कविहरूले
आ–आफ्नो कविता वाचन गरि कविता यात्राको प्रथम संस्करणको थालनी गर्नेछन ।

कविता यात्राको स्थानीय आयोजकका रूपमा नेपाल मगर सङ्घ तनहुँ रहेको छ भने मगर समाज अष्ट्रेलिया, मगर सङ्घ युके र नेपाल मगर लेखक सङ्घले कविता यात्रा सम्पन्न गर्न सहयोग गर्ने भएकाछन । यसअघि, केन्द्रले मगर भाषाको इतिहासमा पहिलोपटक टिकटमा कविता वाचन कार्यक्रम सम्पन्न गरिसकेको छ । पोखरामा मगर भाषाका कविद्वय टोप अस्लामीमगर र गणेश पहराई ‘जीएम’ले सो अवसरमा कविता वाचन गरेकाथिए । मगर भाषा तथा साहित्यको विकास र प्रवद्र्धनका लागि केन्द्रले यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने योजनामा रहेको केन्द्रका सदस्य–सचिव हर्क आलेमगरले बताए ।
खडग आले, तनहु

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %