कुलोमा दाजुभाई भिड्दा भाई गम्भीर घाईते

Read Time:52 Second

तेह्रथुमको तम्फूलामा खेतमा पानी लैजाने बिषयमा गएराति झगडा हुँदा एक जना गंभीर घाईते भएका छन् । तम्फूला ८ का ५० बर्षिय नाराययण लिम्वूको धारिलो हतियार प्रहारबाट उनका भाई ४५ बर्षिय भिमकुमार लिम्वू घाईते भएकाछन् । कन्चट, गर्धन र अनुहारमा गहिरो चोट लागेका भिमबहादुरको तेह्रथुम जिल्ला अस्पतालमा उपचार हुन नसकेपछी न्यूरो अस्पताल विराटनगर ल्याइएको प्रहरीले जनाएको छ । झगडामा सामान्य घाईते भएका नारायणलाई नियन्त्रणमा लिई जिल्ला अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भैरब आङ्ला, धरान

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %