राष्ट्रिय स्वाभिमान पार्टीका केन्द्रीय अध्यक्ष लक्ष्मीप्रसाद सङ्ग्रौलाले चार प्रमुख दलले मिली देशलाई धर्मयुद्धमा लग्न थालेको आरोप लगाएकाछन । नेताहरु राष्ट्रघाती भएको आरोप लगाएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा पार्टीको अवधारणा पत्र सार्वजनिक गर्दै अध्यक्ष सङ्ग्रौलाले भने–चार दलकै कारण सामाजिक सद्भाव, राष्ट्रिय एकता, अखण्डता र धार्मिक सहिष्णुता खतरा मोडमा पुगेको छ, डलर खाएर धार्मिक सद्भाव भड्काई मुलुकलाई धर्मयुद्धतिर धकेन्दैछन, यदि धार्मिक युद्ध भयो भने पहिलो निशानामा उनीहरु पर्नेछन ।
बरिष्ट उपाध्यक्ष रामचन्द्र चटौतले अमेरीका र भारतमा नेपालको निर्वाचन र सरकार गठनको विषयमा चर्चा हुनु चार दलीय संयन्त्रको गद्दारीपन भएको आरोप लगाए ।

उनले भने– गणतन्त्र ठूला दलका नेताहरुको मागीखाने भाँडो मात्र भएको छ, जबसम्म गणतन्त्रलाई चार दलले दाईजोमा ल्याएको सम्झन्छन तबसम्ममुलुकविदेशीहरुको परेड खेल्ने भूमि बन्छ, जहिलेसम्मजनताले बहिस्कार गर्दैनन् तवसम्म उनीहरुले मुलुक र पुस्ताले छोडेर गएका नासोहरु बेच्दै खानेछन ।
प्रमुख अतिथि पूर्वमन्त्री दिनबन्धु अर्यालले नेताहरुले धर्मनिरपेक्ष राष्ट्र बनाएर राष्ट्रिय स्वाभिमान बेचेको आरोप लगाए । स्वाभिमान विद्यार्थी समाजका अध्यक्ष षदिव्यराज ढकालले भने– ठूला दलका नेताहरुलाई राष्ट्र, राष्ट्रियता, स्वाभिमान र हिन्दू गणराज्यको विषयमा नैतिक पाठ पढाउनु पर्ने भएको छ, हामी त्यो अभियानमा खरो रुपमा उत्रन्छौं ।
राष्ट्रिय स्वाभिमान पार्टीले चुनाव चिन्ह कैँचीसहित नेपाललाई अपरिवर्तनीय बँुदाका रुपमा गणतान्त्रिक हिन्दूराष्ट्र नेपाल कायम गराउन, वंशजको आधारमा नागरिकता पाएका सबै नेपालीहरुलाई अधिकारसहितको आदिवासीमा सूचिकृत गराउन, पाँच विकास क्षेत्रलाई आधार मानी ऐतिहासिक वा प्राकृतिक नामाकरण गरी पाँच संघीय प्रदेश निर्माण गर्ने जस्ता ११बुँदे अवधारणा पत्र सार्वजनिक गरेको छ ।
आनन्द गुरुङ, काठमाण्डु
