विश्व आदिवासी दिवस भब्यताकासाथ मनाउने तयारीमा जनजाति महासंघ जुटेको छ । ‘आदिवासी जनजातिको अभियान’, ‘पहिचान, संघीयता र पूर्ण समानुपातिक समावेशी प्रतिनिधित्वको लागि नयाँ संविधान भन्ने मूल नाराका साथ मनाउन लागिएको विश्व आदिवासी दिवसलाई सार्थक बनाउन महासंघले तयारीलाई तिब्रता दिएको आज पत्रकार सम्मेलन गरि बताइएकोछ ।

आदिवासी जनजातिहरु विश्वका जुनसुकै कुनासम्म छरिएर रहेपनि उनीहरुमा आत्मनिर्णयको अधिकार, स्वशासन, स्वायत्तता, जल, जङगल, जमीन र प्राकृतिक श्रोतसाधनमाथि अग्राधिकार तथा पहिचान लगायतका सवालमा पछि परेकाछन् । राज्यले आदिवासी जनजातिका यी सम्पूर्ण अधिकारलाई वेवास्ता गर्दै हरेक क्षेत्र, वर्ग, जाति र समुदायमा शोषण र दमन गर्ने कार्य भईरहेका कारण आदिवासी जनजातिहरु पछाडी परेको नेपाल आदिवासी जनजाति महासंघको ठम्याई छ ।
राज्यले निर्माण गर्ने नीति र कानुनमा नै आदिवासी जनजातिका हक, अधिकार र मुद्दालाई लचिलो रुपमा समावेश नगरेकै कारण नेपाल जस्तो आधाभन्दा बढि जनसंख्या ओगटेका यी समूदाय राज्यको मूल प्रवाहबाट बञ्चित हुनु परेको महासंघका अध्यक्ष नगेन्द्रकुमार कुमालले बताए । ‘राज्यले नीति निर्माणमा नै आदिवासी जनजातिलाई समावेश गर्न जरुरी छ’ उनले भने, त्यसैले त संविधानसभाबाट नै आदिवासी जनजातिको हक अधिकार सुनिश्चित हुने गरी आदिवासी जनजातिलाई मान्य हुने संविधान आउनुपर्छ ।
पत्रकार सम्मेलनमा आदिवासी जनजातिले परिवर्तनको निम्ति नेपालमा पटक पटक उठेका विभिन्न आन्दोलनहरुमा आफ्ना सवाल र मुद्धाहरुलाई समय–समयमा उठाउदै आएको इतिहास साक्षी छ । देशमा भएका सवै जनआन्दोलनहरु राजनीतिक दलहरुलाई सत्तामा पुर्याउनको लागि मात्र र जनआन्दोलनवाट प्राप्त परिवर्तनको अनुभूति र उपभोग गर्ने राजनैतिक दलहरुको ठेक्का मात्र सावित भएकोले अबको आन्दोलन आदिवासी जनजातिको मुद्दामा केन्द्रित हुने अध्यक्ष कुमालको भनाई थियो ।
१९ औ अन्तराष्ट्रिय आदिवासी दिवसलाई भब्य र सफल पार्न महासंघले विभिन्न आठवटा उपसमिति गठन गरेको छ । अगष्ट १ तारिख अथार्त साउन २५ गते मनाईने दिवसमा महासंघले साउन १८ गते संविधानमा आदिवासी जनजातिको सहभागिता र सवाल विषयक अन्तरक्रिया, १९ गते पहिचान संघीयता र समावेशी शिक्षा विषयमा आदिवासी जनजाति विद्यार्थीहरुसंग अन्तरकृया गर्ने भएको छ ।
महासंघले साउन २० गते राजनीतिक दलहरुसंग अन्तरक्रिया, २१ गते कुटनीतिक नियोग र दातृ निकायसंग अन्तरक्रिया, खेलकुद एवं जलपान, २२ गते खेलकुद तथा मोटरसाईकल र्याली, २३ गते युवा साझेदारी र पहुँच विषयक अन्तरकृया, २४ गते आदिवासी जनजाति खाना महोत्सव र अगष्ट १ अर्थात साउन २५ गते विश्व आदिवासी दिवस मूलसमारोह समितिले विभिन्न साँस्कृतिक कार्यक्रम गर्ने जनाएको छ ।
१९औं विश्व आदिवासी दिवस मुल समारोह समिति
संयोजक ः नगेन्द्रकुमार कुमाल अध्यक्ष नेफिन
सदस्य ः संघीय परिषद सचिवालय
ः संघीय परिषद सदस्यहरु
ः ५६ जातिय संगठनका अध्यक्ष र महासचिवज्यूहरु
ः सचिवालय पूर्व पदाधिकारीहरु
ः सम्वन्धन संगठनका अध्यक्षज्यूहरु
ः ७१ जिल्ला समन्वय परिषदका अध्यक्षज्युहरु
स्टाल व्यावस्थापन उपसमिति ः
संयोजक ः सूर्य वहादुर भुजेल उपाध्यक्ष नेफीन
खानपिन व्यवस्थापन उपसमिति ः
संयोजक ः चिनी माया माझी सचिव नेफीन
ससंयोजक ः नरेश तम्राकार
खेलकुद व्यवस्थापन उपसमिति ः
संयोजक ः डा. कृष्ण भट्टचन
स्टेज व्यवस्थापन उपसमिति ः
संयोजक ः डण्डु शेर्पा उपाध्यक्ष नेफीन
आर्थिक व्यस्थापन उपसमिति ः
संयोजक ः जगत वहादुर वराम कोषाध्यक्ष नेफीन
मोटरसाईकल र्याली व्यवस्थापन उपसमिति ः
संयोजक ः यमन चेपाङ
अतिथि स्वागत सत्कार उपसमिति ः
संयोजक ः रोश्नी मेचे उपाध्यक्ष नेफीन
साँस्कृतिक व्यवस्थापन उपसमिति
संयोजक ः राम अवतर मण्डल
सह–संयोजक ः वेली तामाङ उपाध्यक्ष नेपाल तामाङ घेदुङ
आनन्द गुरुङ
