योङ कम्युनिष्ट लिग (वाईसील) चितवनले आव्हान गरेको अनिश्चिकालिन जिल्ला बन्दका कारण जनजीवन प्रभावित भएको छ । व्यापारीसंग चन्दा असुल गरेको आरोपमा नारायणगढ बजारवाट मंगलबार पक्राउ परेका आफ्ना ६ जना कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता गरेर तत्काल रिहाईको माग गर्दै वाईसीएल चितवनले आजदेखि अनिश्चितकालिन जिल्ला बन्द आव्हान गरेको हो । बन्दका कारण यातायत, शैक्षिक सस्था, कलकारखाना ठप्प रहेका छन् ।

भित्री सडकमा छुटफुट रुपमा केही गाडी चलेपनि मुख्य सडकमा यातायातका साधन ठप्प छ । नारायणगढको पुल्चोक, सहिदचोक, लायन्सचोक, चौबीसकोठी, पूर्वी चिततवनको टाडी, पर्सा, भण्डारा लगाएतका स्थानमा वाईसीएलका कार्यकर्ता सडकमै बसेर बन्द गराइरहेका छन् । वाईसीएल चितवनका संयोजक ईश्वर सापकोटा सुमनले माग पुरा नभएसम्म बन्द फिर्ता नलिने दावी गरिरहेकाछन् ।
बन्दमा अप्रिय घटना नहोस् भन्नका लागि पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले वाईसीएलका कार्यकता उत्तम गुरुङ मधु न्यौपाने, भरत मगर, विशाल मरहठ्ठा , मनोजकुमार शेर्पा र रबि पराजुलीलाई चन्दा माग्दै गर्दा पक्राउ गरी मुद्दा चलाएको थियो ।
आनन्द गुरुङ
