चुनाव हुन्छ हुन्छ, बिथोल्न आए चुप लागिदैन – कोईराला

Read Time:2 Minute, 54 Second

नेपालगन्ज, १६ श्रावण नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले चुनावमा घात अन्तर्घात गर्नेलाई पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएकाछन । विगतका दिनमा चुनाव हुने बेला टिकट नपाउने वा असन्तुष्ट हुने नेताले आन्तरिक रुपमा उम्मेदवारलाई घात अन्तर्घात गरेका कारण पार्टीले पराजय भोग्नु परेको भन्दै यस्ता गतिविधि गर्नेलाई पार्टीले नछाड्ने उनको भनाई थियो । उनी नेपालगन्जमा नेपाल विद्यार्थी संघ केन्द्रिय समितिको आयोजनमा दुई दिने मध्यपश्चिमाञ्चल क्षेत्र स्तरीय भेला तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै थिए ।

कोइरालाले चुनाव जसरी पनि हुने बताउदै चुनाव बिथोल्न आँउदा चुप लागेर नबस्ने बताए । उनले पछाडि परेका वर्ग, क्षेत्र, समुदाय र सिमान्तकृत, दलित जनजाति र महिला हक अधिकारकोलागि अब हुने संविधानमा सुनिश्चिन गर्नकोलागि पनि चुनाव हुनुपर्छ र चुनाव जसरी पनि हुने तर्क गरेकाथिए ।

उनले नेपाली कांग्रेस कमजोर हुनु भनेको प्रजातन्त्र कमजोर हुनुको संज्ञा दिर्दै अगामी मंसिर ४ गते हुने चुनाव प्रसार प्रसारकालागि अन्य दलले युवा परिचालन गरेको बताए । सभापति कोइरालाले भने— हामी जनताका सेवक हौ हामीलाई जनताले विश्वास गर्छन त्यसैले हामीलाई दस्ता चाहिदैन । जनताले पनि बुझेका छन् कुन दलले जनताको पिडा बुझेको छ । नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य उमा थापामगरले सहजिकरण गरेकिथिईन । मध्यपश्चिमाञ्चल क्षेत्र स्तरीय भेला तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम दुई दिन सम्म चल्ने छ । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरु प्रकाश शरण महत, दिल बहादुर घर्ति, घनश्याम गुरुंग, किशोर राठोर, नेविसंघका केन्द्रिय सदस्य रजित कर्ण लगायतले बोलेकाथिए भने कार्यक्रमको अध्यक्ष नेविसंघका केन्द्रिय सदस्य भुम भण्डारीले गरेकांथिए ।

दिपा आले, नेपालगंज

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %