बौद्ध धर्मावलम्बीहरूको वर्षावास शुभारम्भ

Read Time:2 Minute, 47 Second

बुटवल, साउन १५ अन्तर्राष्ट्रिय बुद्ध परियत्ति उदय विहार, डिङ्गरनगर रुपन्देहीले बौद्ध धर्मावलम्बीहरूको ऐतिहासिक तथा मौलिक परम्परा त्रैमासिक वर्षावास (२०७०) को सोमबार विधिपूर्वक समारोह गरी प्रारम्भ गरेको छ । उद्घाटन समारोह बौद्ध परम्परा अनुसार पञ्चशील प्रार्थनाबाट शुरू भएको थियो । समारोहमा परियत्ति विहारका कार्यबाहक विहार अधिपति भन्ते प्रज्ञानन्दको प्रमुख आतिथ्य, महेश राना मगरको आतिथ्य रहेको थियो । कार्यक्रममा बौद्ध धर्मगुरूले विश्वमा व्याप्त भएको हिंसालाई निरूत्साहित गर्न र विवेकशील मानिसहरू शान्तिका लागि आफ्नो जिम्मेवारी बोध गरून भन्ने उद्देश्य विश्व शान्तिको कामना गर्दै सुत्रपाठ वाचन गरेका थिए । भन्ते प्रज्ञानन्दले धर्म प्रवचनको क्रममा त्रैमासिक वर्षावासको महत्व माथि प्रकाश पार्दै यो एउटा समाज र विश्व शान्तिका लागि ज्ञानी हुँदै समाज र विश्व शान्तिका लागि प्रतिबद्ध र समयक आचरण निर्माणार्थ प्रशिक्षित हुने दूर्लभ अवसर रहेको कुरा राखेकाथिए । समारोहमा सहभागी सम्पूर्ण धर्मगुरू र धर्म बन्धुहरूका लागि योगीकुटी निवासी नरमति सूर्यवंशी राना मगर परिवारले आफ्नो पितृ तथा दिवंगत नाता कुटुम्बहरूको निर्वाणका कामना गर्दै भोजनदान गरेकाथिए । यस विहारले तीन महिना सम्म नियमित धर्म प्रवचन, जीवनकला देशना, जीवन चक्र प्रशिक्षण, विपश्यना अभ्यास, बाल आध्यात्मिक शिविर संचालन गरिदै आएको कार्यालय प्रमुख कमल थापा मगरले जानकारी दिए । पूण्यानुमोदनबाट समापन भएको समारोह कार्यक्रम विहारका अध्यक्ष डम्बर बहादुर सूर्यवंशी राना मगरको अध्यक्षता, त्रैमासिक वर्षावास (२०७०) का सहसंयोजक खिमलाल पुरीको स्वागत भाषण र कार्यालय प्रमुख कमल थापाको संचालनमा सम्पन्न भएको थियो । संघीय समाचार, बुटवल

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %