चुनाव विथोल्नेलाई सफाया गरिने प्रचण्ड धम्की

Read Time:2 Minute, 1 Second

एकीकृत माओवादी अध्यक्ष प्रचण्डले कोतपर्व तथा नारायणहिटी हत्याकाण्ड गराउनेहरुले देश जोगाउन नसक्ने बताउदै निर्वाचन बिथोल्न खोज्नेलाई ज्यान मार्ने धम्की समेत दिएकाछन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक तथा पार्टीका संरक्षक नरबहादुर कर्माचार्यको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले वंशहत्या गराएर सत्तामा पुग्नेहरुबाट देशको रक्षा हुन नसक्ने टिप्पणी गर्दै त्यस्तो उग्र भाषण गरेकाहुन । प्रचण्डले परिवर्तन संस्थागत गर्नका लागि पनि संविधानसभा निर्वाचन गरी संविधान निमाण गर्नैपर्ने जिकिर गर्दै यदि कसैले संविधान निमार्ण प्रक्रियामा अवरोध पुर्याउन खोजे सहिद हुनसमेत तयार हुनुपर्ने बताएकाथिए । अहिले आफ्नो पार्टी पुर्ण रुपमा निर्वाचनमा होमिएको भन्दै प्रचण्डले आफुलाई संसदवादी भन्नेहरु नै निर्वाचनको विरुद्धमा देखिनु आश्चर्यको विषय भएको टिप्पणी गरे । उनले पार्टीबाट अलगिएका मोहन वैद्यहरुतर्फ संकेत गर्दै आफुहरुलाई परिवर्तनका मुद्धा छाडेको आरोप लगाउनेहरु नै जनताबाट फालिएकासँग सहकार्य बढाउन जानु विडम्बना भएको बताए । प्रचण्डले यतिबेला शक्ति सन्तुलनको हिसाबले नेपालको राजनीति भुमरीमा परेकोले परिवर्तनका पक्षधर एक ठाँउमा आएर आन्दोलनको ऑधीवेहरी सिर्जना गर्न जरुरी रहेको बताए ।

आनन्द गुरुङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %