तारा एयरको रुम्जाटार उड़ान

Read Time:1 Minute, 26 Second

तारा एयरले बिहीबारदेखि रुम्जाटार एयरपोर्टमा हप्ताको १ फलाइट उडान गर्ने भएको छ । २०६८ बैशाखदेखि कालोपत्रे गर्न बन्द भएको उक्त एयरपोर्टको निर्धारित समयमा काम हुन नसकेपछि काम बाँकी नै रहेको छ । यद्यपी जिल्लाको यातयात सुविधाको असहज परिस्थितिका कारण असार ९ गते नै परीक्षण उडान भई नियमित उडानका लागि उपयुक्त भएको भनिएतापनि उपकरणको तार मुसाले नष्ट गरेका कारण उडान हुन सकेको थिएन । तारा एयरको तर्फबाट हप्ताको एक उडान नियमित गर्ने निर्णय भएपछि टिकट बिक्री शुरु भएको छ । हाललाई हप्तामा एक उडान भर्ने निर्णय भएको तारा एयरलाइन्सका इन्चार्ज शैलेश श्रेष्ठले जानकारी दिए । उडान नियमति भएसँगै हेलिकप्टर चार्टर गर्नु पर्ने बाध्यतामा पनि कमी आउने बताइएको छ । उडान शुरु हुने अनौपचारीक जानकारी भएता पनि लिखित रुपमा केही नआएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी सुबोधकुमार शाह कर्मयोगीले जानकारी गराए । आनन्द गुरुङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %