काठमाडौं १५ साउन
मंगलबार काँक्रेविहार घटनाका विषयमा सरकार र आन्दोलनरत जनजाति तथा बौद्धमार्गीबीच भएको वार्ता विना निष्कर्ष टुङ्गिएको छ । जनजाति महासंघ तथा बौद्धमार्गीहरुले काक्रेविहारमा बुद्धको मुर्ति राख्न पाउनुपर्ने भन्दै राखेको मागमा सरकारका तर्फबाट वन ऐन अनुसार राख्न नमिल्ने जवाफ आएपछि वार्ता विना निष्कर्ष टुङ्गिएको हो ।

हिंजो गरिएको सिंहदरबार घेराउ
वार्तामा सरकारका तर्फबाट संस्कृतिमन्त्री रामकुमार श्रेष्ठ लगायत प्रधानमन्त्री कार्यालयका सचिव, गृहसचिव, वन सचिव र पुरातत्व विभाग सचिवको उपस्थिती थियो । वार्तामा वन ऐन अनुसार काक्रेविहारमा बुद्धको मुर्ति स्थापना गर्न नमिल्ने भन्दै यसको विकल्प खोज्नुपर्ने सरकारी वार्ता टोलीको प्रस्तावलाई जनजाति महासंघ तथा बौद्धमार्गीहरुले अस्विकार गरेका थिए ।
वार्ताबाट निकास ननिस्केपछि बौद्धमार्गीहरुको मागका विषयमा ठोस निकासका निम्ती आईतबार दिउँसो २ बजे सरकार र जनजाति महासंघ तथा बौद्धमार्गीहरुकावीच वार्ता हुने भएको छ ।
काक्रेविहार घटनालाई लिएर जनजाति तथा बौद्धमार्गीहरुले मंगलबार सिंहदरबार ठप्प पारेपछि सरकारले वार्तामा बोलाएकोहो । काक्रेविहारमा बुद्धको मुर्ति स्थापना गर्न नदिएको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका काक्रेविहार सरोकार समितिले मंगलबार सिंहदरबार घेराउ गरी ठप्प पारेका थिए । उनीहरुले गरेको सिंहदरबार घेराउले दुईघण्टा सवारी आवागमन ठप्प भएको थियो ।
जुली गुरुङ
